‘नेपाल मास्क सप्ताह’ अभियान समापनका अवसरमा रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलद्वारा र्याली

A notice in Nepali from Mechinagar Ward No. 10

३२ साउन, मेचीनगर : नेपाल सरकारले शुरु गरेको ‘नेपाल मास्क सप्ताह’ अभियान समापनका अवसरमा सोमबार झापाको मेचीनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो ।

कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अनिवार्य प्रयोग गर्न आग्रह गदैं ज्यामिरगढी रोड, भृकुटी रोडलगायतका आसपासकाक्षेत्रमा विभिन्न चेतनामुलक नारा अंकित प्लेकार्ड र व्यानरसहितको र्यालीले परिक्रमा गरेको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, प्रहरी निरीक्षक सुनिल श्रेष्ठ, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका ट्राफिक प्रहरी नायव निरीक्षक यज्ञ शर्मा, प्रहरी बीट इटाभट्टाका प्रमुख प्रहरी सहायक निरीक्षक देवकुमार राईसहितको उपस्थितीमा भएको र्यालीमा जस्ले संक्रमणमा ज्यान जोगाउने छ उसैले दिर्घायूको जीवन जिउने छ, जानी जानी लापरवाही नगरौं ,सक्रमणको रोकथाम आफैबाट शुरु गरौ, स्वास्थ्य नै अमूल्य धन र सम्पति हो, अनावश्यक भीडभाड नगरौ, एकआपसमा दुरी कायम राखौ, गुणस्तरीय मास्को प्रयोग गरौ संक्रमणबाट बचौ र बचाऔ, एक आपसमा सदभाव बाडौ, भाइरससँग मिलेर लडौ, नमस्कार तपाईको मास्क खोई हजुर ? जस्ता नारा लेखिएको प्ले कार्ड र व्यानरसहित बजार परिक्रमा गरिएको थियो ।

अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाका प्रोजेक्ट चियर र दीपेन्द्रराज पाण्डेले मास्क अभियान समापनका अवसरमा सर्वसाधारणलाईस्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको बताउनुभयो । यस्तो महामारीका बखत एक आपसमा सदभाव बाड्दै भाइरससँग मिलेर लड्नु अहिलेको मुख्यः दायित्व रहेको पाण्डेको भनाई छ । कोभिड–१९ को बढ्दो संक्रमण रोक्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहालले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

महामारी नियन्त्रणका लागि सम्पुर्ण नागरिक जिम्मेवार बन्नुपर्ने बताउदैं प्रहरी नायव उपीक्षक दाहालले कोभिड–१९बाट बच्न स्वास्थ्य मापदण्ड बाहेक अन्य विकल्प नरहेको बताउनुभयो । यसका लागि हरेक नागरिकलाई जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । जन समुदायमा हरेक माध्यमबाट कोभिड–१९ नियन्त्रण र रोकथामका लागिसचेतना फैलाउनु पर्नेमा उहाँले जोडदिनुभयो ।

नेपाल सरकारले साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्थानीय सरकारसँग समन्वय गरी देशभर ‘नेपाल मास्क सप्ताह’ मनाउने घोषणा गरेको थियो । मास्क लगाए–नलगाएको अनुगमन गर्ने लगायतका गतिविधिमार्फत चेतनामुलक कार्यक्रम अघि सार्नुपर्नेमा सर्वसाधारणको जोड छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.