८७ जनाको एन्टेजिन परीक्षण गर्दा १८ जनाको परिणाम ‘पोजेटिभ’

A notice in Nepali from Mechinagar Ward No. 10

२ माघ, मेचीनगर : आइतबार पूर्वी काँकरभिट्टा नाकामा ८७ जनाको एन्टेजिन परीक्षण गर्दा १८ जनाको परिणाम ‘पोजेटिभ’ आएको छ । ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ मा कार्यरत स्वास्थ्यकर्मी हरि सापकोटाका अनुसार ‘पोजेटिभ’ आएकामध्ये अधिकाँश भारतका विभिन्न स्थानबाट आएका छन् । केही केही स्थानीयको परीक्षणको परिणाम समेत ‘पोजेटिभ’ आएको स्वास्थ्यकर्मी सापकोटाको भनाई छ ।

पूर्वी सीमा काँकरभिट्टा नजिकैको भारतीय क्षेत्रमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखा परेसँगै त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । ‘पोजेटिभ आएकाहरुलाई क्वारेन्टाइनका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वा होम आइसोलेसनमा बस्ने गरी सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेर उहाँहरुको घरमा पठाउने गरिएको तथा थप शंका भए ओमिक्रोन परीक्षणका लागि काठमाण्डौ केन्द्रिय प्रयोगशाला टेकुमा नमूना पठाउने गरिएको छ ।

ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने नेपालीहरुको हकमा उनीहरुसँग कुनै पनि कागजात नभए नाकामै खोप लगाउने एन्टिजेन परीक्षणको व्यवस्था मिलाईएको छ । आइतबारमात्र १ सय २० जनाले कोभिड १९ विरुद्घको खोपको सेवा लिइएका थिए । ५८ जनाले भेरोसिल, ५२ जनाले कोभिसिल र १० जनाले जन्सन एण्ड जन्सन खोप लगाएका थिए ।

पूर्वी नेपालको सीमा नजिकै भारतीय बजारमा ओमिक्रोन भेरियन्ट देखा परेसँगै नेपालको पूर्वी क्षेत्र समेत उच्च जोखिममा परेको छ । यसकारण पनि नेपाल प्रवेशको पूर्वीद्वारमा भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने मानिसहरुलाई चेकजाँचमा कडाई गर्न थालिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.