Day: फाल्गुन २, २०७८
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध काउण्टर महाअभियोगको तयारी
२ फागुन, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार संसदीय दलको बैठक बोलाएको प्रमुख विपक्षी दल नेकपा एमालेले सांसदहरुलाई ६ ठाउँमा हस्ताक्षर गरायो । एउटा हस्ताक्षर संसदीय दलको बैठकको उपस्थिति जनाउन थियो भने अरु पाँच वटा खाली पानामा गराइएको थियो । भीम रावल, घनश्याम भुसालसहित पाँच सांसदले भने उपस्थितिबाहेकका अरु खाली पानामा…
मन्दिर शिलान्यास
२ फागुन, मेचीनगर : झापाको मेचीनगर ६ स्थित तुर्केनी शिवालय मन्दिरको सोमबार शिलान्यास भएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यले मन्दिरको शिलान्यास गर्नुभएको हो । प्रदेश नम्बर १ को तात्कालिन उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयबाट प्राप्त २० लाख रुपैयाँबाट तुर्केनी शिवालय मन्दिर उपभोक्ता सतिले मन्दिरको निर्माण शुरु गरेको अध्यक्ष कृष्ण काफ्लेले बताउनुभयो । मन्दिरको…
अनर्गल प्रचारमा नलाग्न र नगर्न मेचीनगरको आग्रह : नयाँ बारुणयन्त्रको खरिद प्रक्रिया शुरु भएको नगरप्रमुख आचार्यको भनाई
२ फागुन, मेचीनगर : मेचीनगर नगरपालिकाको वारुणयन्त्रका विषयमा पछिल्लो समय आएका अनर्गल प्रचारमा नलाग्न र नगर्न मेचीनगर नगरपालिकाले सबैमा आग्रह गरेको छ । पछिल्लो समयमा नगरका विभिन्न वडामा भएका आगलागीका घटनामा नगरपालिकाको बारुणयन्त्र समयमै नपुग्ने गरेको, सधैभरि बिग्रिएर थन्किएको वा बारुणयन्त्र मर्मत तथा सम्भारका लागि खर्च अभाव भएको भन्ने गुनासो बढेपछि सोमबार नगरपालिकाले आयोजना गरेको…
जंगली हात्तीको उपद्रो रोक्न मेचीनगरको १५ किलोमिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने
२ फागुन,मेचीनगर : जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो चरणमा १५ किलोमिटरसम्म निर्माण हुने र बाँकी दोस्रो चरणमा सम्पन्न गरिने बताउनुभयो । क्रमागत बजेट अनुसार वन मन्त्रालयको…
२ हजार ३१९ जना संक्रमण मुक्त : ७४७ जनामा संक्रमण पुष्टि
२ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको छ भने २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा…
‘सांसदको हस्ताक्षर गराएका छौं, नेतृत्वको निर्णयपछि अघि बढ्छौं’
२ फागुन, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले भने वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र…
सन्दर्भ प्रणय दिवस : माया…..
नझरोस पात भुईँभरी हुरी चलेर… नकटोस रात रोइरोइ आँसु झरेर … छेउमा साथीले सुत्ने बेलामा यो गीत गुनगुनाइ रहदा मेरो मनमा एक तमासको तुफान आइरहेको थियो भन्ने कुरा उसले के महशुस गर्थ्यो र ? राती धेरैबेर सम्म आँखामा तिम्रो तस्वीरहरु सलबलाउन थाल्यो । अन्यासै आँखाबाट तप्किएका थोपाहरुमा तिम्रो तस्वीर धमिलो भयो । किन किन तिमीसँग…
आज प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’
आज प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ । आज विश्वभर एकअर्कामा प्रेम साटासाट गरी मनाइदैछ । आज प्रणय दिवसको दिन एकअर्कालाई उपहारका रूपमा गुलाफ फूल दिइने चलन छ । यस दिन आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा गुलावको फूल लगायत विभिन्न उपहार दिइन्छ । यो पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव नेपालमा पनि छ । पछिल्लो…

आजको राशिफल (मिति २०७८ साल फागुन २ गते सोमबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम…
