आज प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ । आज विश्वभर एकअर्कामा प्रेम साटासाट गरी मनाइदैछ ।
आज प्रणय दिवसको दिन एकअर्कालाई उपहारका रूपमा गुलाफ फूल दिइने चलन छ । यस दिन आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा गुलावको फूल लगायत विभिन्न उपहार दिइन्छ ।
यो पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव नेपालमा पनि छ । पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ ।
दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । नेपालमा पनि आजको दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने गर्छन् ।
























