मुख्यमन्त्री कार्कीद्वारा रङ्गशालाको अवलोकन

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, भद्रपुर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको भद्रपुर— ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको काम गरिएको छ । कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर अहिले रङ्गशालाको प्रारम्भिक चरणको काम भएको भद्रपुर क्रिकेट क्लबले जानकारी दिएको छ ।

सो अवलोकन भ्रमणमा मुख्यमन्त्री कार्कीले मैदानको प्रारम्भिक चरणको काम राम्रो ढंगले बढेको बताउँदै यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो मैदानलाई करिब आठ हजार दर्शकले हेर्न मिल्ने गरी बनाउने तयारी गरिएको जनप्रतिनिधि तथा क्लबका पदाधिकारीले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले मैदानको राम्रो डिपिआर बनाएर काम अगाडि बढाउनको लागि क्लबलाई आग्रह गरे । डिपिआर पछि प्रदेश सरकारले कस्तो खालको सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल अगाडि बढाएर काम गर्ने बताए ।

उनले प्रदेश सरकार खेलक्षेत्रको विकास गर्न क्रियाशील रहेको बताउँदै यसका लागि त्यस क्षेत्रका नागरिक अगुवा र खेलप्रेमी हरूको पनि भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । अवलोकन भ्रमणमा भद्रपुरमा नगरपालिकाका वडा अध्यक्ष मनोज सुब्बा र क्लबका अध्यक्ष आदित्य पराजुली लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.