धुलावारीको सरकारी प्राविधिक कलेजमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने

मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ ।

मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए ।

४८/४८ गरी कूल ९६ जना विद्यार्थीको कोटा रहेको र त्यसका लागि भदौ २६ गतेदेखि भर्ना आवेदन खुला गरिएको इन्स्टिच्यूटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारी बताउँछन् । भर्ना फाराम भर्ने म्याद असोज १४ गतेसम्म तोकिएको उनले जानकारी दिए ।

मेचीनगर १० र १५ नं. वडाको सीमाना रघुबीरबाडीस्थित धुलावारी क्याम्पसको भव्य भवनमा नै ‘मेचीनगर पोलिटेकिनकल इन्स्टिच्यूट’ सञ्चालन हुने भएको छ ।

कलेजको सञ्चालनका सबै निर्णयहरु मेचीनगर नगरपालिकाले गरेको हो । प्राविधिक कलेजको प्रिन्सिपलको रुपमा इन्जिनियर रुद्र मैनालीलाई नियुक्त गरिएको छ ।

कलेजले अध्ययन शुल्क समेत सार्वजनिक गरेको छ । जस अनुसार विद्यार्थीले ३ वर्षका लागि एक लाख ९० हजार रुपैयाँ मात्रै तिर्नुपर्नेछ ।

प्रमुख प्रशासक पौडेलका अनुसार शुल्क समेत चरणबद्ध तिर्ने व्यवस्था मिलाइएको हुँदा अभिभावकलाई खासै भार पर्दैन ।

प्रथम चरणमा भर्ना शुल्क ४० हजार र पहिलो सेमिस्टारको शुल्क २५ हजार रुपैयाँ तिरेपछि विद्यार्थीले पढाई सुरु गर्नेछन् । त्यसपछि हरेक ६ महिना (सेमिस्टार)मा २५ हजारका दरले शुल्क तिर्नुपर्नेछ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.