कमलमा ५५ राउण्ड गोली

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असोज, मेचीनगर :  झापाको कमल गाउँपालिका वडा नम्बर ५ रंगपुरमा ५५ राउण्ड गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काटने क्रममा सेतो बोरामा शंकाष्पद वस्तु देखेपछि खोलेर हेर्दा गोली भएको पुष्टि भएपछि शनिबार साढे छ बजे इलाका प्रहरी कार्यालय दमकम खवर गरेका थिए । गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय दमकको टोलीले उक्त गोली बरामद गरेको हो ।

फायल तस्वीर
दमकबाट खटिएको प्रहरी टोलीले हेर्दा एसएलआरको सात दशमलव २२ एमएमको ५५ राउण्ड गोली भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.