माछा मार्ने क्रममा करेन्ट लागेर लिम्बुको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

३० असोज, मेचीनगर : झापाको मेचीनगरमा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार करीब साढे २ बजेतिर मेचीनगर नगरपालिका वडा नम्बर –१५ निलकोठी बस्ने ४२ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको हो ।

लिम्बु घर नजीकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट लगाई माछा मार्ने क्रममा एक्कासि करेन्ट लागि बेहोस भएका थिए । तत्काल उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा अस्पताल पुग्न साथ ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीसहितको टोली अस्पताल पुगेको घटनाका बारेमा थप जानकारी लिएको थियो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.