मेचीनगरमा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, मेचीनगर  : झापाको मेचीनगर नगरपालिकाबाट नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।

मेचीनगरमा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको हो । सोमवार नगरपालिकाको सभाहलमा महिला तथा बालबालिका शाखाद्वारा आयोजित एक कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले झापा मेचीनगर— ३ का राहुल गुरागाईँलाई सिपी चियर प्रदान गरी कार्यक्रमको समुदघाटन गरेका थिए ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । अपाङ्गगता भएका व्यक्तिलाई ह्वीलचियर बैशाखी, शौचालय चियर, सेतो लठ्ठी, र ट्राइपोर्ट, एल स्टिक, वाकर, सीपी ह्विलचियर,लगायतका सामाग्री वितरण गरिएकोमेचीनगर नगरपालिकाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई २० लाख ४२ हजार रुपैयाँ बराबरको सामग्री वितरण गर्न लागिएको करुणा फाउन्डेशन नेपालका मेचीनगर संयोजक पदमबहादुर बराइलीले बताए ।

सहायक सामग्री वितरणका क्रममा नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता सामाग्ीले अपाङ्गता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापनमा सहज हुने बताए । यसकारण पनि ती सहायक सामग्री वितरण गरिएको उनको भनाई थियो । यी सामग्रीहरुले ठुलो सहयोग नपुगे पनि दैनिक जीवनका लागि महत्वपूर्ण हुने नगरप्रमुख बुढाथोकीले विश्वास व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता रोकथाम कार्यक्रमका संयोजक मीना पोख्रेल उप्रेतीले कार्यक्रमको अध्यक्षता गर्दैं नगरपालिकाले विभिन्न समयमा अपाङ्गता भएका व्यक्तिहरुले गर्न सक्ने सीपमुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको बताइन् ।

अपाङ्गता भएकाहरूको जीवनयापन सहज बनाउन नगरपालिका लागि परेको भन्दैं उपप्रमुख उप्रेतीले विशेष प्रविधि तथा आर्थिक लगानी आवश्यक रहेको र विपद् सामना गर्न गरिने सबै मानवीय सहायता तथा सामाजिक सुरक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउन जरुरी रहेको औल्याईन् । ह्वीलचियर लगायतका सामग्रीहरु प्रयोग गर्ने विधिको बारेमा समेत दक्ष प्राविधिकमार्फत जानकारी गराईएको थियो ।

सहायक सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.