तीनमहिनामा दुईहजार बढी नागरिकता वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

१० कात्तिक, मेचीनगर :  जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो तीन महिनामा दुईहजार सातसय ९५ वटा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरेको छ ।

कार्यालयबाट सम्पादित मुख्यःकार्यहरुको प्रथम त्रैमासिक विवरण अनुसार सवैभन्दा बढी वंशजको आधारमा दुईहजार छ सय ७६, बैवाहिक अङ्गिकृत एकसय चार र गैर आवासीय नागरिकता १५ गरी कुुल दुईहजार सातसय ९५ वटा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको हस्ताक्षरसहित सार्वजनिक गरेको कार्य विवरण अनुसार सो अवधिमा तीनहजार ८५ वटा नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपी जारी भएको छ । साउनदेखि असोज महिनाको अन्त्यसम्ममा १८ हजार पाँचसय ७८ वटा राष्ट्रिय परिचय पत्र वितरण हुँदा एकलाख ६१ हजार पाँचसय ५३ वटा राष्ट्रिय परिचय पत्र संकलन भएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो अवधिमा चार हजार नौसयवटा राहदानी वितरण गर्दा सो वापत दुई करोड २३ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार नाबालक परिचय पत्र एकसय ५० वटा, दलित÷जनजाति÷ पारिवारिक विवरण तथा अन्य प्रमाणित चारसय, संस्था दर्ता तथा नविकरण एकसय ६० वटा, हातहतियार नविरकण २६ वटा, नागरिकता उजुरी फछर्यौट पाँचवटा, बैदेशिक रोजगारी ठगी सम्बन्धी मुद्धा फछर्यौट २३ वटा, अभद्र व्यवहार सम्बन्धी मुद्धा फछर्यौट ४० वटा , जुवा मुद्धा फछर्यौट एक र सवारी ज्यान क्षतिपूर्ति सम्बन्धी मुद्धा फछर्यौट सातवटा रहेको छ ।

कार्यालयले तीन महिनाको अवधिमा विभिन्न शीर्षकमा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । राहदानी शुल्क वापत दुई करोड २३ लाख ८१ हजार, अन्य प्रशासनिक सेवा शुल्क दुई लाख ६२ हजार हातहतियार इजाजत पत्र दस्तुर वापत ९७ हजार र परीक्षा दस्तुर वापत पाँच हजारगरी कुल दुई करोड २७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.