६ पुस, मेचीनगर : झापास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म बैंक मौज्दात दुई करोड २२ लाख ११ हजार आठसय ७२ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५८ प्रतिशतले मौज्दात रकम वृद्धि भएको हो ।
शनिबार झापाको विर्तामोडस्थित अतिथि सदन परिसरमा रहेको उद्योग वाणिज्य संघ विर्तामोडकोसभाहलमा सम्पन्न संस्थाको १३ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा यो उल्लेख छ ।
यो अवधिसम्म संस्थाको कुल बचत संकलन तीन करोड ८८ लाख ३५ हजार २९ रुपैयाँ पुगेको छ भने सेयर पुँजी ८६ लाख ७३ हजार चार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाबाट प्रवाह गरिएको कर्जा लगानी तीन करोड सात लाख ३१ हजार पाँच सय ७७ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार संस्थामा सेयर सदस्यको संख्या एकहजार चार सय २२ पुगेको छ । गतवर्ष यो संख्या एकहजार तीन सय ५१ मात्र थियो

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले उद्घाटन सत्रको अध्यक्षता गदैं संस्थाको आर्थिक प्रगति सन्तोषजनक रहेको उल्लेख गरे । उनले विगतका वर्षहरूमा विधि, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राखेर गरिएको व्यवस्थापनकै कारण सहकारीले निरन्तर प्रगति गर्न सफल भएको स्पष्ट पारे ।
अध्यक्ष गौतमका अनुसार आगामी दिनमा सहकारीको मुख्य लक्ष्य सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने रहेको छ । त्यसका लागि बचत तथा कर्जाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, प्रविधिमैत्री सेवा विस्तार गर्ने, वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने योजना अघि सारिएको छ। साथै, शिक्षक र विद्यालय कर्मचारी लक्षित विशेष कर्जा योजना, आपत्कालीन सहयोग कोष र सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने उनले बताए । कार्यक्रममा सहकारी अभियन्ता हरिचरण बानियाँलगायत वक्ताहरूले सहकारीको दिगोपन, सुशासन र सदस्य सहभागिताको महत्वबारे धारणा राखेका थिए ।
अध्यक्षमा तिम्सिना
साधारण सभाले नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साधारण सभाबाट कनकाईका हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व छ । सञ्चालक समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा अर्जुनधाराका गोविन्दप्रसाद न्यौपाने र
नवगठित सञ्चालक समितिका सदस्यहरूमा अर्जुनधाराका देउमाया दाहाल, हल्दिबारीका घनश्याम उप्रेती, मेचीनगरका प्रेमप्रसाद निरौला, दमकका ध्रुवराज खड्का, कचनकवलका विपना पौडेल, गौरीगञ्जका सन्ध्या ताजपुरिया तथा शिवसताक्षीका बेनुप्रसाद कार्की रहेका छन् ।

संस्थाको पाचौँ कार्यकालका लागि निर्वाचन समिति संयोजक श्री द्रोण बहादर श्रेष्ठले नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
सम्मान
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, ज्येष्ठ सदस्य तथा उत्कृष्ट विद्यालय कर्मचारी सदस्यलाई सम्मान गरिएको थियो । यसैगरी, संस्थामा आबद्ध विद्यालय कर्मचारीका छोराछोरीमध्ये २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्रालाई समेत सम्मान गरिएको छ । आ.व. २०८१–०८२ मा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य तथा व्यक्तित्वहरुलाई यसै साधारणसभामा तपसिल अनुसार पुरस्कार र सम्मान प्रदान गरियो ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता हरिप्रसाद दाहाल, उत्कृष्ट बाल बचतकर्ता मालवी भुजेल, उत्कृष्ट कारोवारकर्ता नारायण बस्नेत, ,ज्येष्ठ सदस्य सम्मान अग्नीप्रसाद घिमिरे , उत्कृष्ट विद्यालय कर्मचारी चेतनाथ रिजाल कनकाई माध्यमिक विद्यालय, सदस्यका छोराछोरीहरु मध्येबाट वि.सं. २०८२ को माध्यमिक शिक्षा उत्तीर्ण कक्षा १२ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा अनूदिता कोइराला छात्र आभास उप्रेतीरहेका छन् । जिल्लाका सामुदायिक विद्यालयबाट कक्षा १२ को वार्षिक परीक्षा २०८२ उत्कृष्ट छात्रा छात्र विष्णु यशोदा केदारेश्वरी गौरीकान्त पराजुली छात्रवृत्तिद्घारा पुरस्कृत गरियो । यसरी पुरस्कृत हुनेमा छात्रा सञ्जु नेपाल र छात्र साङ्गेन राई छन् ।

समापन संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमले प्रमुख अतिथि लगायत अतिथिहरुलाई झापाका शिक्षक सहिदहरु अंकित स्मृति चिनो वितरण सहित नवनिर्वाचित सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिलाई बधाई सहित सफल कार्यकालको हार्दिक सुभकामना व्यक्त गर्दै सभा समापन गरेका थिए ।



























