पाँच महिनामा छ अर्ब बढी राजस्व संकलन, हरेक महिना लक्षित राजस्व ओरालो लाग्दैं

A notice in Nepali from Mechinagar Ward No. 10

१२ पुस, मेचीनगर : मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२÷८३ को प्रथम पाँच महिनामा छ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसीर महिनामा सात अर्ब ५१ करोड ३५ लाख चार हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा छ अर्ब ८२ करोड २७ लाख दुई हजार रुपैयाँमात्र असुली गर्न सफल भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष शुरुभएयता कार्यालयले असोज महनिा बोहक अन्य महिनामा लक्ष्यको तुलनामा राजस्व संकलन गर्न सकेको छैन् । कार्यालयले असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ वा १०१ प्रतिशत राजस्व असुली गरेको थियो ।

जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामासमेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरे पनि बाकी तीन महिना लक्ष्यको तुलनामा राजस्व संकलनमा कार्यालय असफल भएको छ ।
चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो महिनामै पूर्वकै ठूलो मेची भन्सार कार्यालयलाई राजस्व संकलनमा धक्का लागेको थियो ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संवत २०१३ सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्य भन्सार कार्यालयहरु विरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगन्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ ,यो कार्यालय ।

कार्यालयले चालु आवको पहिलो महिना साउनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन । कार्यालयको लक्ष्य अनुसार एक महिनामा डेढ अर्बभन्दा बढि रूपैयाँ राजस्व संकलन गनुपर्छ । तर पहिलो साउन महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ वा ९० दशमलव ३२ प्रतिशतमात्र राजस्व संकलन भएको छ । चालु आवको पहिलो साउन महिनामा एक अर्ब ४० करोड ७५ लाख दुई हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो । भदौ महिनामा एक अर्ब ४५ करोड७१ लाख ७९ हजार रुपैयाँ मासीक लक्ष्य पाएको कार्यालयले एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ वा ९३ दशमलव ६४ प्रतिशतमात्र संकलन गरेर लक्ष्य गुमायो । कात्तिकमा एक अर्ब ६३ करोड ९४ लाख६१ हजार मासीक लक्ष्य थियो । तर, कार्यालयले एक अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयँँ वा ७९ दशमलव ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सकेन् । शुरुदेखि नै ओरालो लागेको राजस्व संकलन अझै पुरानो लयमा फर्किन सकेको छैन ।

कार्यालयले मंसिर महिनामा समेत लक्षित राजस्व गुमायो । एक अर्ब ५१ करोड ११ लाख ८८ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले एक अर्ब ३६ करोड ७४ हजार रुपैयाँ वा ९० दशमलव शुन्य १ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । चालु आर्थिक वर्ष नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको सरकारी अधिकारीहरुको दाबी छ ।
यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटानलगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ । राजस्व संकलन हरेक महिना वृद्धि हुँदै जानुपर्ने भए पनि पहिलो महिनामै राजस्वमा धक्का लाग्नुले नकरात्मक सन्देश जाने बताइएको छ ।
यसरी राजस्वमा धक्का मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर हो’ एकजना सरकारी अधिकारीले बताए । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको उनको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.