मेचीनगरमा शोभा सुवेदी कोइराला ‘वर्ष उत्कृष्ट आमा’ सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

२३ पुस, मेचीनगर : झापाकाे मेचीनगर- १४ स्थित बाल सुबाेधिन माध्यमिक विद्यालयले शाेभा सुवेदी काेइरालालाई वर्ष उत्कृष्ट आमा सम्मान प्रदान गरेकाे छ ।

बुधबार विद्यालय परिसरमा आयाेजित आमा भेला कार्यक्रममा सम्मान पत्र , माला, दाेसल्ला पहिर्याएर सम्मान प्रदान गरेकाे हाे ।

विद्यालयमा अध्ययनरत कक्षा ५ सम्म उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीका आमालाई हरेक वर्ष उत्कृष्ट आमा सम्मान गर्दै आएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेख्रेल उप्रेती, विशिष्ट अतिथि मेचीनगर वडा नम्बर- १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (ज्येष्ठ सदस्य) शंकरलाल राजवंशी, विद्यालय व्यवस्थापन समितति सदस्य अनिल ढुङ्गानाले सम्मानित व्यक्तित्वलाई संयुक्तरूपमा सम्मान पत्र, माला तथा दाेसल्ला पहिर्याउनु भएकाे थियाे ।

प्रमुख अतिथि उप्रेतीले सन्तानकाे पहिलाे पाठशाला घर र पहिलाे गुरु आमा नै भएकाे स्पष्ट पार्नुभयाे । सन्तानकाे शैक्षिक , चारीत्रिक र सर्वाङ्गिण विकासमा आमाहरूकाे भूमिका निक्क‌ै महत्वपुर्ण हुने बताउँनुभयाे ।

उहाँले यस्ता क्रियाकलापले विद्यालय र अभिभावकबीचकाे सम्बन्धलाई प्रगाढ बनाउन काेसेढुङ्गा सावित हुने बताउँनुभयाे । सम्मानित आमाकाे सन्तान दिपशिखा काेइराला कक्षा २ मा अध्ययनरत हुनुहुन्छ । याे सम्मान यस विद्यालयमा अध्ययनरत सवै विद्यार्थीकाे आमाहरूप्रति हाे भन्ने बुझ्न प्रमुख अतिथि उपप्रमुख उप्रेतीले आग्रह गर्नुभयाे ।

विद्यालयकाे श‌ैक्षिक क्षेत्रलाई गुणस्तर बनाउन अभिभावकहरूकाे पनि महत्त्वपूर्ण भूमिका हुने उपप्रमुख उप्रेतीकाे भनाई थियाे । हरेक अभिभावकहरूले आफ्ना सन्तानकाे विद्यालय, पढाईप्रतिकाे रुचि के कस्ताे छ ? त्यसप्रति गम्भीर बन्नुपर्ने समेत बताउनुभयाे । बाल सुबाेधिनी मावि नगरभित्रका अन्य सामूदायिक विद्यालयकाे तुलनामा उदाहरणीय विद्यालय बनेकाे उहाँले स्मरण गराउनुभयाे ।
एउटा विद्यालयकाे शैक्षिकस्तर सुधार , गुणस्तरीय शिक्षाका लागि अथवा विद्यालयलाई राम्राे बनाउँन विद्यालय व्यवस्थापन समितिकाे व्यवस्थापन , शिक्षकहरूकाे चिन्तन, अभिभावकहरू मनन, कर्मचारीहरूकाे इमान र विद्यार्थीहरूकाे अनुशासन अपरिहार्य हुने बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष( ज्येष्ठ सदस्य) शंकरलाल राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख उप्रेती, विशिष्ट अतिथि वडाध्यक्ष सुब्बा, विद्यालय व्यवस्थापन समिति सदस्य अनिल ढुङ्गाना,खगेन्द्र सिग्देललगायतले बाेल्नुभएकाे थियाे ।

विद्यालय व्यवस्थापन समिति सदस्य पुष्पा गाैतम खनालले शब्दमार्फत स्वागत गर्नुभएकाे कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश प्रधानध्यापक विश्व थापाले र सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गर्नुभएकाे थियाे । साेहि अवसरमा विद्यालयले नतिजा प्रकाशन समेत गरेकाे छ । कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, विद्यार्थीलगायतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.