२३ पुस, मेचीनगर : झापाकाे मेचीनगर- १४ स्थित बाल सुबाेधिन माध्यमिक विद्यालयले शाेभा सुवेदी काेइरालालाई वर्ष उत्कृष्ट आमा सम्मान प्रदान गरेकाे छ ।
बुधबार विद्यालय परिसरमा आयाेजित आमा भेला कार्यक्रममा सम्मान पत्र , माला, दाेसल्ला पहिर्याएर सम्मान प्रदान गरेकाे हाे ।
विद्यालयमा अध्ययनरत कक्षा ५ सम्म उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीका आमालाई हरेक वर्ष उत्कृष्ट आमा सम्मान गर्दै आएकाे छ ।

प्रमुख अतिथि उप्रेतीले सन्तानकाे पहिलाे पाठशाला घर र पहिलाे गुरु आमा नै भएकाे स्पष्ट पार्नुभयाे । सन्तानकाे शैक्षिक , चारीत्रिक र सर्वाङ्गिण विकासमा आमाहरूकाे भूमिका निक्कै महत्वपुर्ण हुने बताउँनुभयाे ।


एउटा विद्यालयकाे शैक्षिकस्तर सुधार , गुणस्तरीय शिक्षाका लागि अथवा विद्यालयलाई राम्राे बनाउँन विद्यालय व्यवस्थापन समितिकाे व्यवस्थापन , शिक्षकहरूकाे चिन्तन, अभिभावकहरू मनन, कर्मचारीहरूकाे इमान र विद्यार्थीहरूकाे अनुशासन अपरिहार्य हुने बताउनुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष( ज्येष्ठ सदस्य) शंकरलाल राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख उप्रेती, विशिष्ट अतिथि वडाध्यक्ष सुब्बा, विद्यालय व्यवस्थापन समिति सदस्य अनिल ढुङ्गाना,खगेन्द्र सिग्देललगायतले बाेल्नुभएकाे थियाे ।
विद्यालय व्यवस्थापन समिति सदस्य पुष्पा गाैतम खनालले शब्दमार्फत स्वागत गर्नुभएकाे कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश प्रधानध्यापक विश्व थापाले र सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गर्नुभएकाे थियाे । साेहि अवसरमा विद्यालयले नतिजा प्रकाशन समेत गरेकाे छ । कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, विद्यार्थीलगायतकाे सहभागिता रहेकाे थियाे ।




























