झापाको हाम्रो नेपाल साकोस काठमाडौँमा प्रशंसित

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असार, झापा :  झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ ।

देशभरका एक हजार सात सय साझेदार संस्था मध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणा सहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा . युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।

कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो नेपालले वार्षिक अढाई अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको छ । झापा, मोरङ र इलाममा ३१ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालको सेयर सदस्य ३८ हजार बढी छन् । १२ वर्ष अघिबाट सञ्चालनमा आएको हाम्रो नेपाललाई २०८१ साउनदेखि २०८२ जेठसम्मको कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदार घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.