संविधान दिवसका अवसरमा विर्तामोडमा प्रभातफेरी र कोणसभा

A notice in Nepali from Mechinagar Ward No. 10

३ असोज, मेचीनगर : संविधान दिवस, २०८२ यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा नागरिक तथा सामाजिक संघसंस्थाको सहभागितामा शुक्रबार ‐आज ) संविधान दिवस २०८२ को अवसरमा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । २०६४ सालमा निर्वाचित संविधानसभा असफल भएपछि २०७० सालमा मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यहरूद्वारा पारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ मा ३५ भाग, ३०८ वटा धारा र ९ वटा अनुसूची छन् । संविधानमा ३१ वटा मौलिक हक रहेका छन् । सार्वभौम र राजकीयसत्ता जनतामा निहित रहने भएको उल्लेख छ ।

झापाको विर्तामोडस्थित हनुमान कम्प्लेक्स अघिबाट प्रेस स्वतन्त्रता जिन्दवाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, भ्रष्टचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना, सुशासन कायम होस जस्ता नारा लेखिएका प्ले— कार्ड र आ— आफ्नो संस्थाको पहिचान झल्किने व्यानरसहित सहभागीहरुले विर्तामोड बजारको परिक्रमा पछि मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल पत्रकार महासंघ कोशी प्रदेश सभा उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी , मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डाक्टर रुपक खनाललगायतले सम्बोधन गरेका थिए । उनीहरुले संविधानको रक्षासंगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा बोलेका थिए ।

 

प्रभातफेरीमा विर्तामोड उद्योग बाणिज्य संघ, रोट्रयाक क्लब अफ विर्तामोड, मानव अधिकार सञ्जाल झापा, वीरता जेसीज, मारवाडी युवा मञ्च, छठ युवा फ्रण्ट, शुरुवाती कोठा नेपाल, पूर्वेली यूवा क्लब, वीरता लेडी जेसीज, बाहुनडाँगी जेसीज, वैदेशिक रोजगार व्यवसायी संघ, इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउन, झापा जिल्ला खेलकुद विकास समिति, नागरिक सेवक झापासहित पत्रकारजन्य संघ संगठनहरुको आफ्नो पहिचान झल्किने व्यानरसहित अर्थपूर्ण सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष सुव्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.