६ साउन, मेचीनगर : अवैधरुपमा भन्सार छलेर भारतबाट नेपाल भित्रियाउँदै गर्दा सात लाख रुपैयाँ भन्दाबढीका लत्ता कपडा आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टाका अनुसार दिउसो २ बजे झापाको मेचीनगर नगरपालिका वडा नम्बर-८ मेचीवस्ती नाका हुँदै अटोमा लोड गरेर भारतबाट अबैधरुपमा नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा रहेको मोवाइल टोली र सशस्त्र प्रहरी बल नेपाल पूर्व पश्चिम लोकमार्गको मेचीनगर-८ सडकखण्ड अन्तर्गत जोरसिमल अस्थायी चेकपोस्टका सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णबहादुर डाँगीको नेतृत्वमा रहेको टिमले संयुक्तरुपमा उक्त सामान नियन्त्रणमा लिईएको बताइएको छ ।
प्रहरीको प्रतिवेदन मुल्य सात लाख, ३१ हजार चार सय ९० रुपैयाँका लत्ता कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टाकले जनाएको छ ।


























