पत्रकार राजन सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

२२ साउन, झापा : झण्डै डेढदशक अघिदेखि निरन्तर पत्रकारिामा क्रियाशील कलम झापा अर्जुनधारका राजन साम्पाङ राई सम्मानित भएका छन् ।

आज किरात राई यायोक्खा झापाले आफ्‌नो ३९ औं स्थापना दिवसको अवसरमा पत्रकार साम्पाङलाई सम्मान गरेको हो । साम्पाङलाई यायोक्खा केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि इन्द्रमान राईले नगद, प्रमाणपत्र र पगरी गुथेर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि राईले नेपाली सञ्चार जगतमा इमान्दारीता पूर्वक काम गर्दै आएका साम्पाङ आदिवासी जनजातिका पक्षमा मात्र होइन समग्र जनताको पक्षमा कलम चलाएर देश र समाजको उन्नतिमा योगदान दिएको भन्दै प्रशंसा गरे ।

साम्पाङ किरात राई पत्रकार संघ झापाका अध्यक्ष, फोनिज प्रदेश १ का पूर्व सदस्य, नेपाल पत्रकार महासंघ झापाका पूर्व कार्यसमिति सदस्य तथा मानवअधिकारवादी संस्था इन्सेकमा रहेर काम गरिसकेका कुशल पत्रकार हुन् ।
साम्पाङ यलम्वर टाइम्स डटकमका सम्पादक हुन् ।
किरात राई यायोक्खाले यसअघि उक्त पुरस्कार अग्रज पत्रकार दिपीन राई, रमेश समदर्शी राई, अनिदेव राई, भारती राई, अमित खम्बू, धर्म राई लगायतले प्रदान गरिसकेको यायोक्खा झापाका कार्यवाहक सचिव गौरीमान राईले जानकारी दिए ।
यायोक्खा झापा अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्‌नो विचार राखेका थिए । कार्यक्रममा एसईईमा उत्र्तीण छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.