लक्ष्मी उप्रेती
२४ साउन, मेचीनगर : सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेड क्वाटर झापा र इलाम तथा मोरङका विभिन्न सब डिभिजन वन कार्यालयको संयुक्त टोलीले ईलामको चुलाचुली गाउँपालिका -०६ मा रहेको ईलामेली फर्निचर उद्योगबाट आज अन्दाजी ६ लाख रूपैयाँ मूल्य बराबरका २०० क्यू फिट अबैध साल जातको चिरान काठ (फेन्टा) बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेतका अनुसार विशेष सूचनाका आधारमा गणका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमान्डमा दश, सब डिभिजन वन कार्यालय बाह्रकोठे इलामका सहायक पाचौं तहका कर्मचारी धनीराम सिहंको नेतृत्वमा आठ , सब डिभिजन वन कार्यालय सुखानी ईलामका जम्दार मदनप्रसाद न्यौपानेको कमान्डमा पाच, सब डिभिजन वन कार्यालय मधुमल्ला मोरङका सहायक छैठौँ तहका कर्मचारी रमेश मगरको कमान्डमा चार र प्रहरी चौकी पेल्टीमारी ईलामका प्रहरी निरीक्षक कलित यादवको नेतृत्वमा चार गरि कुल ३१ जनाको टोलीले उक्त परिमाणको काठ बरामद गरेको हो ।





























