इरानमा कट्टरताको पराकाष्ठा: हिजाबबिना युट्युबमा गीत राखेको आरोपमा गायिका परस्तु अहमदीलाई ७४ कोर्रा हान्ने सजाय

तेहरान । अमेरिकासँगको युद्ध र कूटनीतिक तनावमा फसेको इस्लामिक राष्ट्र इरानमा कला र स्वतन्त्रतामाथि पुनः कडा प्रहार भएको छ। इरानको कट्टरपन्थी अदालतले एक चर्चित गायिकालाई दोषी ठहर गर्दै क्रूर रूपमा कोर्रा हान्ने सजाय सुनाएको छ।

बीबीसीका अनुसार इरानको धार्मिक रूपमा अत्यन्तै कट्टर मानिने कÞोम प्रान्तमा रहेको एक अदालतले गायिका परस्तु अहमदी (Parastoo Ahmadi) लाई ७४ कोर्रा हान्ने सजाय तोकेको हो। उनीसँगै चर्चित ’कारवान्सराय कन्सर्ट’ का अन्य आठ जना सदस्यहरूलाई समेत अदालतले जनही ७४ कोर्रा हान्ने सजाय सुनाएको छ।

कला क्षेत्रमा प्रतिबन्ध र देश छोड्न रोक
अदालतको आदेश यतिमै सीमित छैन; कठोर सजाय सुनाइएका गायिकासहित सबै आठै जना कलाकारहरूलाई आगामी दुई वर्षसम्म इरान बाहिर जान (विदेश भ्रमण गर्न) र दुई वर्षसम्म कुनै पनि प्रकारको कला तथा संगीतसँग सम्बन्धित क्रियाकलापमा संलग्न हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।

अदालतले कडा चेतावनी दिँदै इस्लामिक कानुनका विभिन्न धाराहरूको हवाला दिएर यो सजाय तोकेको हो। “यो फैसला देशका सबै सरकारी मिडियामा समेत अनिवार्य रूपमा छापिने छ,” अदालतको आदेशमा भनिएको छ।

के थियो आरोप र भिडियोको पृष्ठभूमि?
सजाय सुनाइएका कलाकारहरूमाथि इन्टरनेट र सामाजिक सञ्जालमा ‘गलत र अश्लील’ कुराहरू राखेर आम सर्वसाधारणको शालीनता तथा सामाजिक मर्यादामा गम्भीर नोक्सान पुर्‍याएको आरोप लगाइएको छ।

वास्तवमा, यो विवाद ’कारवान्सराय कन्सर्ट’ को एउटा भिडियोसँग जोडिएको छ, जुन डिसेम्बर २०१४ मा गायिका परस्तु अहमदीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको थियो। उक्त ऐतिहासिक तथा सांस्कृतिक भिडियोमा गायिका अहमदीले इस्लामिक कानुन विपरीत हिजाब (Hijab) नलगाई खुला कपालमा गीत गाइरहेकी देखिन्छिन्।

सो भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो र केही घण्टामै एक लाखभन्दा बढी पटक हेरिएको थियो। हालसम्म उक्त भिडियोलाई विश्वभरबाट झण्डै ३० लाख पटक हेरिसकिएको छ। वर्षौँ पुरानो भिडियोलाई लिएर इरानी प्रशासनले अहिले आएर कलाकारहरूमाथि गरेको यो दमनकारी निर्णयको विश्वभरका मानवअधिकारवादी संस्थाहरूले तीव्र आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.