‘कमेडी दरबार’ विरुद्ध रास्वपाको कानुनी हतियार: व्यंग्य र मिमिक्रीमाथि कैंची चलाएपछि निर्माण टिम आक्रोशित

The image shows a scene from the Nepali comedy show 'Comedy Darbar'. A man dressed in a white suit and grey hat sits at a table with the logo of the Nepali parliament on it, holding some papers. Another man in a black suit, white pants, and a hat stands to his right. The setting appears to be a TV studio with a red and gold backdrop.

काठमाडौँ । राजनीतिमा व्यंग्य र आलोचनालाई स्वाभाविक रूपमा लिने दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफैँमाथि लक्षित व्यंग्यलाई लिएर विवादमा तानिएको छ। रास्वपाले ‘कमेडी दरबार’ नामक रियालिटी शोले आफ्ना सांसदहरूको मानहानी गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएपछि यो विषय यतिबेला चर्चाको केन्द्रमा छ।

के थियो विवाद?
‘कमेडी दरबार’ को नवौँ एपिसोडको ट्रेलर सार्वजनिक भएलगत्तै रास्वपाका तर्फबाट सांसद तथा अधिवक्ता समीक्षा बास्कोटाले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी थिइन्। यद्यपि, काउन्सिल स्रोतले भने उजुरी अधिवक्ता खगेन्द्र चापागाईँले दिएको र काउन्सिलले सोही आधारमा ध्यानाकर्षण गराएको जनाएको छ। रास्वपा सचिवालयको दबाब पछि प्राइम टेलिभिजन हुँदै ओएसआर डिजिटलले ट्रेलर र पुरा एपिसोडबाट केही दृश्य र संवादहरू काट्न बाध्य भएको छ।

सम्पादनको मारमा व्यंग्य
रास्वपाको दबाबपछि कार्यक्रममा प्रयोग भएको संसद्को लोगो ब्लर गरिएको छ भने सभामुख डीपी अर्यालको मिमिक्री गरिएका अंशहरू र केही संवादहरू काटिएका छन्। विशेष गरी ट्रेलरमै निकै चर्चित बनेको ‘सभामुख’ ले ‘सजिना’ को नाम लिएको दृश्य र रास्वपा सांसदलाई ‘च्वाँक’ भनिएको संवादलाई सम्पादन गरी हटाइएको छ।

निर्माता र कलाकारको आक्रोश
कार्यक्रम निर्माण टिम र कलाकारहरूले आफ्नो मेहनतमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएका छन्। निर्देशक विक्की अग्रवालले फेसबुकमार्फत दुःख व्यक्त गर्दै भनेका छन्, “हामीले निकै मेहनतले तयार पारेको सामग्रीमा सजिलै कैँची चलाउँदा निकै चित्त दुख्दो रहेछ। के अब नेपालमा टेलिभिजन कार्यक्रम पनि मान्छेलाई रुवाउने मात्रै बनाउनुपर्ने हो?”

त्यस्तै, कार्यक्रममा सभामुखको भूमिकामा देखिएका सरोज भण्डारी र प्रचण्डको मिमिक्री गर्ने विकास अर्याल लगायतका कलाकारहरूले पनि व्यंग्यलाई पचाउन नसक्ने रास्वपाको प्रवृत्तिप्रति गुनासो पोखेका छन्। रोचक त यो छ कि, सोही एपिसोडमा अतिथि बनेर पुगेका रास्वपाका सांसद राजु पाण्डे सहित तीन जना सांसद कार्यक्रममा निकै रमाइरहेका देखिएका थिए। तर, पछि पार्टी सचिवालयबाट दबाब दिएर कार्यक्रम सम्पादन गराइनुले रास्वपाको दोहोरो चरित्र उदाङ्गो भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.