सर्वसाधारणको रोजाइमा विद्युतीय इ–रिक्सा : परम्परागत पाइडल रिक्साको भविष्य अन्धकार

A notice in Nepali from Mechinagar Ward No. 10

१२ भदौ,मेचीनगर : एकदशक अघिसम्म झापामा परम्परागत पाइडल रिक्सा प्रश्स्तै थिए । पछिल्लो समय विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै झापामा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । नयाँ प्रविधिका विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरु विस्थापित हुन थालेका छन् । अहिले यात्रुहरु पनि प्रायः इ–रिक्सामै आवात जावत गर्ने गरेको पाइन्छ । सहज र चाँडो हुने भएकाले पनि यात्रुहरुको रोजाईमा इ–रिक्सा र अटो रिक्सा परेका हुन् ।

वर्षौदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरुलाई अहिले यात्रु पाउन हम्मे हम्मे छ । विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आए पछि पाइडल रिक्साले यात्रु पाउन छाडेका झापा मेचीनगर —६ काँकरभिट्टा पूर्वी भानुटोलका मिश्रिलाल चौधरीको भनाई छ । झण्डै एकदशक अघिसम्म चौधरी परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका थिए ।

कुनैबेला देशका मुख्यः मुख्य सहरमामात्र होइन ग्रामीणक्षेत्रमा समेत छ्याप्छ्याप्ती देखिने परम्परागत तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको बखत विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएपछि त्यसको व्यवस्थापन सम्बन्धित निकायलाई चूनौती बनेको छ । अहिले झापाका अधिकाँश शहर बजारमा माग भन्दा बढी विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएका कारण पार्किङ्ग स्थल, चालक अनुमती पत्र, ब्लू बुक, दुर्घटना पछि उपचार क्षतिपूर्तिलगायत थुप्रै चूनौती व्यवस्थापन पक्षलाई छ ।

‘शुरुमा स्थानीयका लागि नजीक तथा टाढाको दुरी आवतजावतका लागि भरपर्दाे सवारीको माध्यम बनेका थिए परम्परागत पाइडल रिक्सा, मेचीनगर—६ काँकरभिट्टाका शमशेर तामाङले भने—‘ समयको मागसँगै नयाँ प्रविधिका विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सामा मान्छे बस्नै मन पराउँदैनन्, यो रिक्सा चलाएर गुजारा चलाउन नसकिने अवस्था देखेपछि धेरैले यो परम्परागत पाइडल रिक्शा चलाउँनै छाडे । ’ मिश्रिलाले नेपालको काँकरभिट्टादेखि भारतीय सीमावर्ती बजार पानीट्याँकीसम्म परम्परागत पाइडल रिक्शा झण्डै दशवर्षसम्म चलाएको सुनाए । उनकै भतिज करुणलाल चौधरीको कुनै बेला आम्दानीको मुख्यः स्रोत नै परम्परागत तीन पाङ्ग्रे पाइडल रिक्शा थियो । केही समयअघि उनले पनि यो रिक्शा चलाउने काम चट्क्कै छाडेर स्थानीय खानेपानी संस्थामा मजदुरी गर्न थाले ।

‘शहर बजारमा विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत तीन पाङ्ग्रे पाइडल रिक्सामा यात्रु चढ्नै छाडे, त्यही रिक्शामा यात्रुको आर्कषण बढ्यो अनि हामीले यात्रु नपाएपछि क्रमस परम्परागत पाइडल रिक्सा चलाउँनै छाड्र्यौ’ करुणले भने, त्यही भएर मैले पनि छाडे, तर मेरा दुई भाई छोरा र एउटी बुहारी नयाँ प्रविधिका विद्युतीय इ–रिक्सा चलाउँर्दै आएका छन् । ’ उनका अनुसार ९० प्रतिशतले पेसा परिवर्तन गरे । धेरैले बैंकबाट ऋण काडेरै भएपनि विद्युतीय रिक्सा किनेर चलाउन थाले पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उनी बताउँछन् । मिश्रीलाल चौधरीका छोरा रक्की चौधरी बाबुले परम्परागत पाइडल रिक्सा चलाउँनै छाडे पनि आफुले विद्युतीय इ–रिक्सा चलाउँर्दै आएको बताए ।

कुनै बेला रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा नेपाल र भारततर्फका ठूलै संख्यामा मानिस थिए । झापाको मेचीनगरस्थित काँकरभिट्टादेखि भारतको पश्चिम बंगालको पानीट्याँकी बजारसम्मका संयौको संख्यामा परम्परागत पाइडल रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गरेका कारण थुप्रैले यो पेशा छाडे । मेचीनगरकै धिरेन र इन्द्रदेव राजवंशी कुनै बेला परम्परागत पाइडल रिक्सा व्यवस्थापनमा सक्रिय थिए । उनीहरुलाई ती रिक्साहरुको पार्किङ्गलगायत उचित व्यवस्थापनमा निक्कै हम्मे हम्मे थियो । कमाई पनि राम्रै थियो । अहिले ती रिक्सा विस्थापित भएपछि उनीहरु दुवै विद्युतीय रिक्सा किनेर चलाउन थाले । रिक्सा चलाएरै एक छोरा र एक छोरीलाई विद्यालय पढाउने देखि लिएर घर खर्चको समेत व्यवस्थापन गर्दै आएका धिरेन अहिले रिक्सा चलाएर भने जति कमाई नभए पछि समस्यामा परेपछि विद्युतिय इ —रिक्शामा लागे ।

‘पहिले पहिले पाइडल रिक्साकै क्रेज थियो, छोटो दुरीमा दुई जनासम्म यात्रा गर्न यही रिक्सा प्रयोग हुने गर्थे,’ धिरेन राजवंशी भन्छन—‘अहिले ती रिक्शा हराएसँगै आफ्नो आम्दानी समेत गुम्यो, परिवार पाल्नैका लागि विद्युतिय इ —रिक्शा किनेर चलाउर्दैछु । ’

धिरेन उस्वेला काँकरभिट्टामा रोजागर नमिलेपछि परम्परागत पाइडल रिक्सा चालएरै काँकरभिट्टा —पानीट्याँकी नाकामा यात्रु बोक्र्दै समान ओसार्ने काम गर्दै आएको स्मरण गर्दै भन्छन,—‘ यसक्षेत्रमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा दैनिक एक हजार रूपैयाँसम्म कमाइ हुने गरेको थियो । एक दशक अघिसम्म यहाँको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका काँकरभिट्टाक्षेत्रमा हराउन पुगे । ’

विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि वर्षौंदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरूलाई अहिले यात्रु पाउन हम्मेहम्मे पर्ने गरेको गुनासो गर्छन, उस्वेलाका पाइडल रिक्सा चालक हरेराम राय । नेपाल भारत सीमा नाका नेपालको काँकरभिट्टा र भारतको पानीट्याँकी बजारमा झण्डै २२ बर्षसम्म रायले परम्परागत रिक्सा चलाएका रायले अहिले त्यो पेशा छाडेर तरकारीको पसल शुरु गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण झण्डै १८ बर्षको उमेरमै रिक्सा चलाउन सुरु गरेका थिए रायले । विद्युतिय इ —रिक्शाको प्रवेशसँगै पर्याप्त यात्रु नपाउँदा रायको आम्दानी घटेको कारण चट्टक्कै त्यो पेशा छाडेर सब्जी पसल शुरु गरे ।

यसबाट आम्दानी समेत राम्रै हुने श्यामकुमार राई बताउँछन् । दैनिक एकहजारदेखि पन्ध्र सय रुपैयाँ आम्दानी हुने उनको भनाई छ । उनको चारजना परिवार पाल्ने प्रमुख माध्यम नै विद्युतीय ई–रिक्सा हो । दैनिक एकहजारदेखि पन्ध्र सय रुपैयाँसम्म हुने उनको भोगाई छ । झापामा पुरषमात्र होईन महिलाले समेत विद्युतीय ई–रिक्शा चलाउने गरेका छन् । तर, उनीहरुलाई भने निक्कै समस्या हुने विद्युतीय ई–रिक्शा चालक इन्दिरा कार्कीको भनाई छ । ‘ महिलाले चलाएको भनेपछि यात्रु चढ्न मान्दैनन् । ’ इन्दिराले भनिन् । विद्युतीय ई–रिक्साको आम्दानी पनि चित्त बुझ्दो रहेको उनीहरुको भनाई छ । यहि रिक्सा कुदाएरै यसैको आम्दानीबाट छोरीलाई फार्मेसी र छोरालाई भैरहवामा भेटनरी पढाईरहेको मेचीनगर —७ का गुरु भट्टराईको भनाई छ । चारवर्ष अघिदेखि निरन्तर विद्युतीय ई–रिक्शा चलाएर मेचीनगर— ७ का श्यामकुमार राईले आफ्नो चारजनाको परिवार चलाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.