अन्तर्राष्ट्रिय आमन्त्रण त्रिवेणी च्यालेन्ज कप २०८२ असोज ३ गतेबाट

A notice in Nepali from Mechinagar Ward No. 10

१४ भदौं मेचीनगर :  आगामी असोज ३ गतेदेखि झापाको मेचीनगरमा अन्तर्राष्ट्रिय आमन्त्रण त्रिवेणी च्यालेन्ज कप २०८२ हुने भएको छ । आयोजक त्रिवेणी युवा क्लब मेचीनगर—१५ ले आइतबार ‐आज) झापाको मेचीनगर—१० धुलावारीमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो । मेचीनगर— १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयको मैदानमा विजय दशमीको अवसर पारेर संविधान दिवसका दिन उद्घाटन गर्ने गरी प्रतियोगिताको तयारी थालिएको छ । आयोजकले भने यस प्रतियोगितालाई यसक्षेत्रको आजसम्मकै सर्वाधिक राशीको खेल भएको दाबी गरेको छ । क्लबकै इतिहासमा सवैभन्दा ठूलो प्रतियोगिता बन्ने अपेक्षा आयोजकले लिएको छ ।

स्थानीय प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने [खेलकुद प्रवद्र्धन र युवा सशसक्तिकरण], नेपाल भारतका टिमहरुको सहभागिताले आपसी मित्रता र अन्तर्राष्ट्रिय खेल सम्बन्धलाई अझ मजबुत बनाउने [सामाजिक एकता र मैत्री सम्बन्ध], दशैं तिहारको अवसरमा स्थानीय संस्कृति, नृत्य गीत र परम्परागत कला प्रस्तुत गरेर साँस्कृतिक पक्षलाई प्रोत्साहन गर्ने [साँस्कृतिक जर्गेना] खेलसँगै साँस्कृतिक कार्यक्रमले स्थानयि बासीन्दा र खेलप्रेमीसहित अन्य अनय समुदायलाई एकत्रित गर्ने [मनोरञ्जन र सामुदायिक सहभागिता] युवालाई खेलकुद र संस्कृतिमार्फत अनुशासन, सहयोग र सकरात्मक मार्गमा अघि बढ्न प्रेरित गर्ने [सकरात्मक सोच र समाज विकास]उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसलाई केवल खेल प्रतियोगिता मात्र नभई दशै तिहार विशेष कायृक्रम समेत बुझ्न सवैमा आग्रह गरेको छ ।

प्रतियोगितामा कोशी प्रदेशका छ र भारतका दुई गरी कुल आठवटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष विदुरसिंह खवासले जानकारी दिए । क्लबले यसअघि फुटबल, तेक्वान्दोलगायतका प्रतियोगिता सम्पन्न भइसकेको र यसपटक पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण त्रिवेणी च्यालेन्ज कप २०८२ आयोजना गरेको पत्रकार सम्मेलनमा बताईयो ।

प्रतियोगितामा कोशी प्रदेशभरिका त्रिवेणी युव क्लब, झापा फुटबल क्लब, बेलबारी फुटबल क्लब, सैनिक फुटबल क्लब, रेडहर्स फुटबल क्लब इलाम, ब्रदर फुटबल क्लब दमक र विदेशी यूकेएफसी खर्साङ र मानेभञ्याङ फुटबल क्लब दार्जिलिङले सहभागिता जनाउने पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने छ ।

फाईनल विजेता टिमले नगद दुई लाख रुपैयाँ र उपविजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो । पत्रकार सम्मेलमा बताइए अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोरक्षक, उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको अध्यक्ष खवासले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा २० लाख रुपैयाँ बढीलाग्ने अनुमान गरिएको छ । २०५३ सालमा स्थापना भएको क्लब बीचमा विविध कारणले चलायमान नभएपछि पुनः खेलको माध्यमबाट यसलाई पुनः ब्यूँताउन खोजिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.