दशैंको बिदामा पनि झापामा राष्ट्रिय परिचयपत्र र राहदानीको विशेष सेवा

अत्यावश्यक सेवाग्राहीका लागि भोलि १०० जनालाई राष्ट्रिय परिचयपत्र र ५० जनालाई राहदानीको इनरोलमेन्ट; तयार भएर आएका कार्ड तथा राहदानीसमेत बुझ्न सकिने

A notice in Nepali from Mechinagar Ward No. 10

दशैंको बिदाका कारण नियमित सेवा बन्द रहे पनि झापामा अत्यावश्यक काम परी काठमाडौं फर्किनुपर्ने सेवाग्राहीलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले भोलि विशेष सेवा सञ्चालन गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार कार्तिक ८ गते आइतबार अत्यावश्यक सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सीमित सेवा उपलब्ध गराइनेछ।

१०० जनालाई राष्ट्रिय परिचयपत्र, ५० जनालाई राहदानी सेवा

विशेष सेवाअन्तर्गत राष्ट्रिय परिचयपत्रतर्फ १०० जना र राहदानीतर्फ ५० जनाको इनरोलमेन्ट गरिनेछ। थोरै जनशक्तिबाट सेवा सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको संख्यामा मात्र सेवा उपलब्ध गराइने कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै प्रमाण तथा कागजात पूरा भएका सेवाग्राहीले मात्र सेवा लिन सक्नेछन्।

त्यस्तै, राहदानी सेवाका लागि राजस्वको डिजिटल भुक्तानी गर्न सक्ने सेवाग्राहीलाई मात्र इनरोलमेन्ट सेवा उपलब्ध गराइनेछ।

तयार भएका कार्ड र राहदानी पनि बुझ्न सकिने

विशेष सेवाका क्रममा प्रिन्ट भएर तयारी अवस्थामा रहेका राष्ट्रिय परिचयपत्रका कार्ड तथा राहदानी बुझिलिने व्यवस्था पनि गरिएको छ।

कार्यालयले अत्यावश्यक काम भएका सेवाग्राहीलाई मात्र उक्त विशेष सेवा लिन आग्रह गरेको छ। कार्तिक ९ गतेदेखि भने कार्यालयबाट नियमित सेवा पुनः सञ्चालन हुने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले दशैं मनाएर आफ्नो कर्मक्षेत्रमा फर्किनुपर्ने तथा अत्यावश्यक काम परी सेवा लिनैपर्ने झापाली सेवाग्राहीलाई लक्षित गरी एकदिने विशेष सेवा सञ्चालन गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.