आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको निधन, गायक बाबुल गिरी प्रहरी सम्पर्कमा

A notice in Nepali from Mechinagar Ward No. 10

शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर बर्न हस्पिटलमा आज (शुक्रबार) बिहान ८:२० बजे उनको मृत्यु भएको हो।

गत शनिबार (कात्तिक २ गते) पौडेलले अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) को रेकर्डिङ स्टुडियोमा पुगेर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन्। सोही घटनामा आगो निभाउने प्रयास गर्दा संगीतकार गिरी पनि सामान्य घाइते भएका थिए र उनलाई सोही दिन कीर्तिपुर बर्न हस्पिटलबाट डिस्चार्ज गरिएको थियो।

गायिका पौडेलको निधन भएसँगै गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) प्रहरीको सम्पर्कमा पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले गिरी प्रहरीकै सम्पर्कमा रहेको जानकारी दिएका छन्। यसअघि पनि आत्मदाहको प्रयासको घटनालगत्तै प्रहरीले सोधपुछका लागि गिरीलाई नियन्त्रणमा लिएको थियो तर सामान्य सोधपुछपछि उनलाई छोडिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.