‘घुमौं झापा साईकलमा ’: साइक्लिङले आन्तरिक पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
३० फागुन, मेचीनगर : झापाका विभिन्न पालिकामा रहेका सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । ‘घुमौं झापा साईकलमा ’ भन्ने नारासहित सामूहिक रुपमा साइकल यात्राले झापाको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
झापा साइक्लिङ क्लबले पहिलोपटक ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको शुरु गरेको छ । महिला तथा युवाको बाहिरी तथा साहसिक गतिविधिमा सहभागिता बढाउन, आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्र (होटल, होमस्टे, भोजन सेवा) लाई सहयोग पु¥याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको हो ।

साइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकलमा झापाका १२ वटा पालिका घुम्ने ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम मेचीनगर —६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट शुरु भएको हो । कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकरभिट्टा झापा रहेको छ । कार्यक्रमअन्तर्गत झापाका विभिन्न १२ पालिकाहरुको यात्रा गरिनेछ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।
साइकल यात्राको शनिबार कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले विधिवतरुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दैं कोशी प्रदेश सभा सदस्य तामाङले साइक्लिङले आन्तरिक पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उनले हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने बताए ।

‘यो यात्राले एकातिर पर्यटन प्रवद्र्धन हुन्छ भने अर्कोतिर बढ्दो वायुप्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ तामाङले भने, ‘यस्तो महत्वपूर्ण साइक्लिङलाई सबैले सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ ।’ कोशी प्रदेश पर्यटनको दृष्टिले निक्कै महत्वपूर्ण भएकाले यहाँका पर्यटकीय क्षेत्रलाई सम्पति र पहिचानका रुपमा स्थापित गर्नुपर्नेमा उनको जोड थियो । कोशी प्रदेश पर्यटनका दृष्टिले निक्कै धनी भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा प्रदेशका पर्यटकीय क्षेत्र ओझेलमा परेको उनले बताए । यस्ता कार्यक्रमले ती ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई बाहिर चिनाउने काम गर्ने उनले बताए ।
यात्राको पहिलो दिन बाहुनडाँगी–४९ धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिनेछ ।
आयोजक क्लबका सचिव हिमाल खरेलका अनुसार दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माईधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिनेछ ।
तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने सचिव खरेलले जानकारी दिए । यात्रामा तीन महिला सहित भारत तथा नेपालका ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयमसेवक रहेका छन् ।
झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवद्र्धन गर्न, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले बताए ।
कार्यक्रममार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ ।

यात्रा अवधिभरका लागि आधिकारिक मेडिकल पार्टनर बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल भएको छ । झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्न आयोजना गरिएको कार्यक्रमका लागि बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल र आयोजक समितिबीच मेडिकल सहयोग आदनप्रदान बारे यस अघि नै सम्झौता भएको सचिव खरेलले बताए ।
बिएन्डसी हस्पिटलले यात्राको क्रमम साइकल राइडरहरु घाइते भएमा एम्बुलेन्समार्फत उद्दार गर्नेछ भने उपचारमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । यसैगरी, ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड भएको छ । हिमालयन एभरेस्टले साइकल राइडर र आयोजक समितिको बीमा गरेको छ ।
हिमालयन एभरेस्टले राइडर र आयोजक समितिका सदस्य दुर्घटना भएर घाइते भएमा एक लाख रुपैयाँ उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ उपलब्ध गराउने सहितको झापा साइक्लिङ क्लबका लागि अध्यक्ष आकाश श्रेष्ठ र हिमालयन एभरेस्टका क्षेत्रीय प्रमुख थापाबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । घुमौँ झापा साइकलमा कार्यक्रम फागुन ३० गते, चैत १ र २ गते हुनेछ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ ।
उद्घाटन समारोहमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले बोलेका थिए । पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ, नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल एजेण्ट्स नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेलसहित सरकारीतथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित सर्वसाधारणको उपस्थिति रहेको थियो । आयोजक क्लबका अध्यक्ष आकाश श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै औचित्य माथि प्रकाश पारेका थिए । उद्घाटन सत्रमा क्लबका उपाध्यक्ष प्रज्वल बिमलीले शब्दमार्फत स्वागत र सञ्चालन सचिव हिमाल खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.