कर्णालीका पर्यटकीय गन्तव्यमा साढे पाँच लाख पर्यटक, पूर्वाधार निर्माण भने सुस्त

सात आर्थिक वर्षको अवधिमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि बहुवर्षीय आयोजनाको भौतिक प्रगति सन्तोषजनक हुन सकेको छैन।

A notice in Nepali from Mechinagar Ward No. 10
कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य बुलबुले तालको दृश्य

📌 मुख्य बुँदाहरू:

  • सात आर्थिक वर्षमा कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा ५ लाख ४० हजार ७२८ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्।
  • सबैभन्दा धेरै सुर्खेतको बुलबुले तालमा २ लाख ९४ हजार ४०१ र प्रदेश शहीद पार्कमा १ लाख ४० हजार ३०० जना पुगेका छन्।
  • पर्यटन क्षेत्रको विकासका लागि बजेट विनियोजन गरी पूर्वाधार संरक्षण र प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
  • पर्यटनसम्बन्धी केही बहुवर्षीय आयोजनामा करोडौँ लगानी भए पनि भौतिक प्रगति भने सुस्त गतिमा रहेको पाइएको छ।

कर्णाली प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा सात आर्थिक वर्षको अवधिमा पाँच लाख ४० हजार ७२८ जना आन्तरিক तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गए पनि पूर्वाधार विकासका केही बहुवर्षीय आयोजना भने सुस्त गतिमा अघि बढिरहेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले उपलब्ध गराएको तथ्याङ्कअनुसार सुर्खेतको बुलबुले तालमा दुई लाख ९४ हजार ४०१ जना र प्रदेश शहीद पार्कमा एक लाख ४० हजार ३०० जनाले भ्रमण गरेका छन् । त्यस्तै, मुगुको रारातालमा २४ हजार ९३१, सल्यानको कुपिण्डे दहमा करिब ११ हजार, डोल्पाको शे–फोक्सुण्डो तालमा सात हजार २२८ र सुर्खेतको काँक्रेविहारमा पाँच हजार ४६८ जनाले भ्रमण गरेको विवरणमा उल्लेख छ ।

पर्यटन पूर्वाधार र लगानीको प्रतिफल

हुम्लामा हवाई मार्गबाट चार हजार ५८९ जना पुगेका छन् भने सुर्खेतको बयलकाँडामा २१५ जनाले प्याराग्लाइडिङ गरेका छन् । यी तथ्याङ्कले कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक तथा दर्शकको आकर्षण रहेको देखाए पनि पर्यटन क्षेत्रको समग्र विकासका लागि पूर्वाधार निर्माण र व्यावसायिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले लगानी गरिरहेको बताएकी छिन् । पर्यटकीय स्थलको संरक्षण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमका लागि निरन्तर बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.