५५ वटा सिटी सफारी कारवाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२३ चैत, मेचीनगर :  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सोमबार नगरक्षेत्रमा सञ्चालित सिटि सफारी -ई–रिक्सा) को छड्के चेकजाँच गरेको छ । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष राई नेतृत्वको टोलीले सिटि सफारी [ई–रिक्सा)]चालकलाई विभिन्न बिषयमा प्रशिक्षण समेत प्रदान गरेको छ । विर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारी [ई–रिक्सा] लाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो ।
सो क्रममा सवारी साधनसँग सम्बन्धित कागजात, सवारी चालक अनुमति पत्र नभएका ,भएर पनि नबोकेका ५५ जना सिटि सफारी [ई–रिक्सा]  चालकलाई जरिवाना गरेको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

खासगरी तीन पाङ्ग्रे सवारी साधनहरूले जताभावी पार्किङ गरिदिने, क्षमताभन्दा बढी यात्रु बोक्ने,जेब्राक्रसमा समेत पार्किङ गर्ने, जताभावी यात्रु ओराल्ने र चढाउने ,डबल पार्किङ गर्नेलगायतका विषयमा ट्राफिक प्रहरीमा सर्वसाधारणले गुनासो गरेपछि प्रहरी तीन पाङ्ग्रे सवारी साधनमा निगरानी बढाएर चेकजाँचलाई कडा पारेको कार्यालय प्रमुख राईले बताए ।
सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पनि यस्ता कार्यक्रमले थप भुमिका निर्वाह गर्ने कार्यालय प्रमुख राईले विश्वास व्यक्त गरे
सिटि सफारी [ई–रिक्सा] चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको सवारी चालक अनुमती पत्रको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न समेत राईले अनुरोध गरे । नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनु सवैको दायित्व रहेको भन्दैं उनले सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालकहरु लाग्नुपर्ने उनले बताए । झापामा सिटि सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बेला बखत यस्ता कार्यक्रम हुने गरेको छ ।
सिटि सफारीलाई दर्ता गर्दै अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गरीदैं आएको बताइएको छ । छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको कारण दुर्घटनाको जोखिम हुने भएकाले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने साथै सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने कार्यालयको भनाई छ ।
सवारी नियम उल्लंघन गर्ने, ट्राफिक नियमको पालना नगर्ने सवारी साधनतर्फ ट्राफिक प्रहरीले कडा निगरानी बढाएको र आगामी दिन समेत यसलाई निरन्तरता दिने छ । कारवाही र जरिवानाबाट मुक्त हुन प्रत्येक सवारी साधनधनी चालकले आफ्ना सवारी साधनका आवश्यक कागजात र चालक अनुमती पत्र अनिवार्य बोक्न कार्यालय प्रमुख राईले सवैमा जानकारी गराएका छन् । ‘ कानून उल्लंघन गर्ने कसैलाई पनि ट्राफिक प्रहरीले छोड्दैन् ‘ कार्यालय प्रमुख राईले भने, ‘ यसकारण पनि सवैजना समय र परिस्थिति अनुसार चल्नुपर्छ ।

चालक अनुमती पत्र नभएका सवारी चालकलाई आवश्यक प्रक्रिया पुर्याएर सवारी चालक अनुमती पत्र लिन र भएकालाई सवारी चलाएका बखत साथमा अनिवार्य बोक्न समेत उनले निर्देशन गरेका छन् । उनले सवारी चलाएका बखत लागुपदार्थ, मादक पदार्थ सेवन नगर्न र गरेर चलाए कानुन बमोजिम कारवाही हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.