महिलालाई गाउँमै स्वरोजगार

A notice in Nepali from Mechinagar Ward No. 10

६ फागुन, मेचीनगर :  झापा मेचीनगरमा —४ मा रहेका सुपारी प्रशोधन केन्द्र ‐उद्योग)ले यहाँका अधिकाँश महिलाहरुलाई रोजगारी दिएका छन् । केन्द्रले महिलालाई मात्र नभएर हातमा सीप भएका दक्ष जनशक्तिलाई समेत रोजगारीको अवसर प्रदान गरेको बताईएको छ । बाहुडाँगीका महिला गाउँमै व्यस्त छन् ‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ भन्ने सन्देश समेत यहाँका महिलाले दिएका छन् ।

यहाँका महिला प्रत्यक्ष रूपमा रोजगारसँग जोडिएका छन् । अन्य पेसा, व्यवसाय र रोजगारी नभएका कारण सुपारी प्रशोधन केन्द्रको रोजगारीसँग जोडिने महिलाको संख्या निक्कै रहेको केन्द सञ्चालकले जनाएका छन् । सुपारी प्रशोधन केन्द्र स्थापनापछि रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएका कारण पछिल्लो समय महिलाको मुख्यः आम्दानीको स्रोत समेत यही रोजगार बनेको स्थानीय शान्ति कार्कीको भनाई छ ।

महिलाहरु काँचो सुपारी [सिजरिङ्] काट्ने तथा पुरुष कामदारहरु काटी सकेको सुपारीलाई पकाउने तथा सुकाउने काममा दक्ष रहेका छन् । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले जिल्लाका थुप्रै ठाउँमा सुपारी प्रशोधन उद्योग तथा खरीद विक्री केन्द्र सञ्चालनमा रहेको मेचीनगर —४ बाहुनडाँगीस्थित कार्की सुपारी प्रशोधन खरीद विक्री केन्द्रका सञ्चालक शम्भु कार्कीले बताए ।
उनको केन्द्रमामात्र ३२ देखि ३५ जना महिलाले काँचो सुपारी ‐सिजरिङ्) काट्ने काम गर्ने गरेका छन् । त्यही कामबाट गाउँका महिलाहरुले हजारौं रुपैयाँ आम्दानी गरीरहेको कार्कीले बताए । आफ्नै घर आगनमै रोजगारीको अवसर मिलेका कारण उनीहरु समेत खुशी छन् । काँचो सुपारी [सिजरिङ्] काटे वापत ती महिलाले प्रति केजी १४ रुपैयाँका दरले पाउने गरेका छन् । एकजना महिलाले दैनिक ५० देखि ६५ केजीसम्म काँचो सुपारी [सिजरिङ्] काट्छन् । त्यस वापत दैनिक सात सयदेखि नौ सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको कार्कीको भनाई छ ।

महिलालाई उत्पादनमूलक उद्योगसँग जोडेर आत्मनिर्भर बनाउन यहाँका सुपारी प्रशोधन प्रशोधन केन्द्रहरुले महिलाको क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने किसिमका काम गरिरहेका छन् ।‘महिलालाई हरेक कुरामा सहज भएको छ, सिप अनुसारको गाउँघरमै रोजगारी पाइन्छ,’ कार्कीले भनिन् । महिलाहरु काँचो सुपारी [सिजरिङ्] काटेरै प्राप्त रकमबाट घरखर्चलगायत छोरीछोरालाई विद्यालयमा शिक्षा दिलाइरहेका छन् । यो कामबाट मासीक २० देखि ३५ हजार रुपैयाँसम्म महिलाहरुले आम्दानी गर्ने गरेका छन् । जस्का कारण बालबच्चाको खर्च र घरखर्च चलाउन सहज भएको छ ।

किसानले लगाएको काँचो सुपारी उद्योगीहरुले बगानमा पुगेरै खरीद गर्ने गरेका छन् । सवैति खरीद गरेको सुपारी संकलन गरेर उद्योगमा ल्याएर सुपारी ‐सिजरिङ्) काट्ने काम हुन्छ । त्यस काममा भने अधिकाँश महिलानै सहभागी छन् । पुरुष कामदारले भने सुपारी पकाउने, सुकाउने र उठाउँने काम गर्दछन् । कार्कीको खरीद विक्री केन्द्रमा यस्तो काम गर्र्ने तीन जना कामदार छन् । उनीहरुले मासीक न्यूनतम २० हजारदेखि २८ हजार रुपैयाँसम्म पारीश्रमिक पाउने कार्कीको भनाई छ ।

बाहुनडाँगीमा कौशल चौहान र रजत कार्कीको संयुक्त लगानीमा काव्य सुपारी प्रशोधन केन्द्र समेत सञ्चालनमा छ । त्यस केन्द्रबाट समेत थुप्रैले रोजगार पाएका छन् । झापा मोरङ सुनसरीलगायतका जिल्लाबाट पनि उद्योगीले काँचो सुपारी संकलन गर्ने गरेको प्रशोधन केन्द्रका सञ्चालकहरुको भनाई छ । झापाको दमक, बिर्तामोड, शिवसताक्षी, बेलडाँगी, काँकरभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानमा पनि उद्योगीहरुले किसानका सुपारी संकलन गर्ने कार्यलाई तीव्र पारेका छन् । उद्योगीले काँचो सुपारी बोक्रैसँग जोखेर प्रतिकिलो ६० देखि ७० रुपैयाँका दरले भुक्तानी दिँदै आएका छन् । तर, बगानबाट उद्योगसम्म आइपुग्दा प्रति केजी ८० देखि ९५ रुपैयाँसम्म पर्छ । ‘किसानको बगानमा गएर खरीद गर्दा काँचो सुपारी प्रतिकेजी ५५ देखि ६० रुपैयाँ पर्छ’ कार्की सुपारी प्रशोधन खरीद विक्री केन्द्रका सञ्चालक शम्भु कार्कीले भने, बगानबाट उद्योगसम्म आइपुग्दा ढुवानी, झार्ने मजदुरको खर्च जोड्दा प्रतिकेजी ८० देखि ९५ रुपैयाँसम्म पर्न जान्छ । ’
यहाँका प्रशोधन केन्द्रले तयारी सुपारी काँकरभिट्टा इटाभट्टालगायतका पसलमा विक्री गर्ने गरेका छन् । ‘धरान, इटहरी, बराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबीलगायतका स्थानमा किसानले उत्पादन गरेको काँचो सुपारी बोटमै गएर संकलन गर्ने गरिएको छ ’ कार्कीले भने, विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य पाएनन् । ’ स्वदेशी सुपारीले उचित मूल्य नपाएको किसानको गुनासो छ । सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आरोप किसानको छ । नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको आरोप छ ।

काँचो सुपारी [सिजरिङ्] काट्ने काम महिलाहरुको आम्दानीको मुख्यः स्रोत हो ’स्थानीय रञ्जना कट्वालले भनिन् ‘यसैबाट प्राप्त रकमले हाम्रो घरखर्च चल्ने गरेको छ ।’ कार्की र कट्वाल त प्रतिनिधि पात्र मात्र हुन । दीपा खड्का, गीता कोइराला शान्ति कार्कीलगायतका थुप्रै महिलाले यहि कामबाट हजारौं रुपैयाँ कमाउँने गरेका छन् । ‘मेहतन गरे गाउँमै बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।’ स्थानीय कमला भुजेलले भनिन् । आफ्नै ठाउँमा बसेर मासिक २० हजार रूपैयाँ कमाउन पाउँदा भुजेल दंग छन् । अहिले बाहुनडाँगीका दर्जनौ महिला गाउँमै नङ्ग्रा खियाएर स्वरोजगार वन्दैछन् ।

महिलालाई रोजगार र उद्योगसँग जोड्न सकियो भने मात्र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न सकिने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेद्वार बनेका रामचन्द्र उप्रेतीले बताए । बुधबार उम्मेद्वार उप्रेतीले ती प्रशोधन केन्द्रमा कार्यरत कामदारसँग मतसम्म मागे ।

झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् ।

संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । झापामा दुई हजार सात सय २१ हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुँदै आएको छ । जसमा दश हजार तीन सय ३९ दशमलव आठ मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको बताईएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.