पानीको मात्रा कम हुँदा देखा पर्ने लक्षणहरु

A notice in Nepali from Mechinagar Ward No. 10

पानी जीवनको आधार हो । त्यस कारण पानी प्रशस्त मात्रामा पिउनुपर्छ । तर पनि विभिन्न काम कुरामा अल्झेर हामी पानी पिउनुलाई प्रथामिकता दिन सक्दैनौं । जसको कारण शरीरमा पानीको कमी भएर विभिन्न समस्याहरु देखा पर्न सक्छन् ।

शरीरमा पानीको मात्रा कम हुँदा देखा पर्ने लक्षणहरु:

धेरै थकान महसुस हुने: पानीको मात्रा कम भएमा शरीरको पूरै प्रणाली कमजोर हुन्छ र जसका कारण शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । त्यसैले थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

काममा ध्यान जाँदैन : मानिसको दिमागको ७० प्रतिशत भन्दा बढि भाग पानीले बनेको हुन्छ । पानीको कम हुँदा दिमाग मन्द हुन्छ ।जसका कारण आफ्नो सामान्य काम गर्न पनि मन लाग्दैन र ध्यान पनि जाँदेन ।

टाउको दुख्ने: टाउको साह्रो दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केहि खाने गर्नाले टाउको दुखाई कम हुन्छ ।

केहि खानसाथ तत्काल भोक लाग्ने: यदि बढि तिर्खा लागेको छ भने पनि मानिसले भोक लागको कि प्यास छुटर्याउन सक्दैन । त्यसैले खाना खान साथ पनि भोक लागेको जस्तो हुन्छ । यदि यसो भएमा पानी पिउनुपर्छ जसले भोक लागे जस्तो हुने समस्या हट्छ ।

पिसाब पहेंलो हुने : दिनमा कम्तीमा पनि दुुई पटक भन्दा बढि पिसाब गर्दा पिसाब धेरै पहेंलो छ भने शरीरमा पानीको मात्रा कमी भएको हुन्छ ।

श्वास गहाउने: यदि शरीरमा पानीको मात्र कमी भएको छ भने शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने श्वास गहाउने गर्दछ । प्रशस्त मात्रामा थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई श्वास गहाउछ ।

छाला सुख्खा हुने : यदि मौसम विपरति पनि छाला सुख्खा रहनु, बारम्बार ओठ फुट्ने गर्छ भने त्यसको कारण पनि पानीको मात्रा कम हुनु हो ।

पिसाबको मात्रा कम हुने: यदि शरीरमा पानीको मात्र कम भएमा पिसाबको मात्रामा नियमितता पनि कम हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.