स्वास्थ्यमा हिमपात र शीतलहरको प्रभाव

A notice in Nepali from Mechinagar Ward No. 10

तराईमा बाक्लो हुस्सु र शीतलहरले उडान, चौपायाका साथै मानवीय जनजीवन प्रभावित भएका छन्। हिमाल तथा पहाडमा हिमपातको कठ्यांग्रिदो जाडोसँगै बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन्। तथापि कर्मचारी, सुरक्षाकर्मी झर्न नपाउने र आर्थिक अभावले हिउँमा नभिज्ने र चिसो हावा रोक्न सक्ने कपडा नभएपछि जेनतेन न्यानो लुगाकपडाकै भरमा छन्। चिसोजन्य रोग तथा समस्यामा बढोत्तरी भइरहेको छ।

सदा झैं जब पहाडमा हिमपात र तराईमा शीतलहर सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्छ। मधेसमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि जोहो गरिँदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूस“ग नया“ लुगा किन्ने क्षमता हु“दैन, भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्दछ।

सरकारी तथ्यांकमा २१ हिमाली तथा उच्च पहाडी जिल्ला हिमपात र तराईका ११ जिल्ला शीतलहरको उच्च जोखिममा पर्छन्। समूहमै बस्दा र बढेको चिसो मौसमले कोरोना, इन्फ्लुएन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढेका छन्। भोज, जुलुस, धर्ना तथा बसभित्र कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यताले सरुवा रोग, निमोनियाको जोखिममा सहभागी सबै छन्। क्षयरोगका जीवाणु मात्र नभई श्वासप्रश्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोग भीडभाडमा सर्छन्।

स्वास्थ्य समस्या
अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुर बढी प्रभावित हुन्छन्। झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने गर्छ। त्यस्तै रुघाखोकी, दम र यसका जटिलता, छालासम्बन्धी समस्या, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्म्खा हुने, फुस्रो हुने र फुट्ने,

चिसोको एलर्जी हुने, अपच, पखाला, आउ“जस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ। मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ चिसोले।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि ल्याउँछ। जाडोमा शारीरिक सरसफाइमा कमी ह¬नाले लिंग र योनिमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनिद्वारबाट सेतो पानी बग्ने, यौना·वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुन सक्छ। मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडापखाला हुन सक्छ। जन्डिस र टाइफाइड पनि प्रशस्त पाइन्छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्छन्।

शीतांग
शरीरको तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने स्वास्थ्य समस्यालाई शीतांग भनिन्छ। मेडिकल इमरजेन्सी भएकाले तुरुन्तै उपचारको जरुरत पर्छ। शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम हँुदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांसपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ। न्यानोपन नै प्रमुख रोकथाम तथा उपचार हो।

विषाक्तता
जाडो बढेसँगै जताततै के टायर, प्लास्टिक के सडक किनारमा थुपारिएका फोहर सबै बालेर आगो तापेको देखिन्छ। तत्काल न्यानो भए पनि उत्पन्न धुवाँले स्वास्थ्य तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्छ। एक दिन पहिले भएको प्रदूषणमा जाडो बढेर आगो ताप्नासाथ कचौरा आकारको काठमाडौंमा दुई गुणा बढ्छ। त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बनका मोनो र डाइअक्साइड, प्युरेन, डाइअक्सिनले क्यान्सरसम्म गराउन सक्छ। वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, कान, घाँटी र श्वासप्रश्वासमा असर र दीर्घकालमा मुटु, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतामा ह्रास गराउँछ।

जाडोमा शरीर तताउन मध्यपानलाई सजिलो विकल्प ठानी मातेर रात ढलेकाहरू भोलिपल्ट बिहानबाट कहिल्यै उठ्न नसकेका पनि बग्रेल्ती भेटिन्छन्। त्यस्तै सामान्यतः सहीरूपले बल्न नसकेका स्टोभ, हिटि· सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिमा बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभएकामा गिजर प्रयोग हुँदा अक्सिजन कम भएर सीओ ग्यासको निर्माण हुन्छ तब निसास्सिएर नुहाउने व्यक्तिको मृत्यु पनि बढोत्तरी छ।

भाइरसजन्य संक्रमण बढ्ने
तापक्रम घटेसँगै संक्रमण, उत्पन्न गम्भीर बिरामी र मृत्यु बढ्दै जान सक्ने भय छ। शरीरमा सुक्खापन हुने, शरीरमा श्वासप्रश्वास प्रणालीका कोषिका कम सक्रिय रहँदा कोरोना श्वासप्रश्वासमा कोरोना लामो समयसम्म रहने, जाडोमा अन्य समयमा भन्दा प्रतिरोधी शक्ति कम हुने, कम घाम लाग्ने, सामूहिक बसाइ, भिटामिन डीको कमीले पनि जाडोमा कोरोनालगायतका संक्रमण जटिल बन्न सक्ने देखिन्छ।

चिसोमा देखिने फ्लु, निमोनिया, समस्या, ब्याक्टेरियल संक्रमणले कोभिडमा थप जटिलता ल्याउन सक्छ। होम आइसोलेसनमा बस्ने बढी र गम्भीर भए मात्र समस्या लिएर अस्पताल जाने, जाडोमा कोरोना संक्रमित दीर्घरोगीलाई निमोनिया, वायु प्रदूषणको दोहोरो संक्रमण हुन सक्ने, संक्रमण समुदायस्तरमा पुगेकाले वृद्धवृद्धामा पनि संक्रमण भई गम्भीर समस्या थपिने, अक्सिजन चाहिने संक्रमित अर्थात् आइसोलेसनको संख्यामा वृद्धि नभई आईसीयूमा मात्र जटिल प्रकृतिका बिरामी थपिँदै जानुले मृत्युवर्धक बन्न सक्छ।

रोकथाम
चिसोका कारण उत्पन्न रोग लाग्न नदिन धुव“ाँ धूलोबाट बच्न अनिवार्य मास्क लगाउने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खानपर्छ। भिटामिन सी र मौसमी फलफूल तथा सागपात खाने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। प्रशस्त तातो झोल पदार्थ पिउनुपर्छ। बालबालिकालाई स्तनपान, जोखिम वर्गलाई इन्फ्लुएन्जा र निमोनियाको खोप लगाउनुपर्छ। शरीर तथा कोठा न्यानो बनाउने निहँुमा धूमपान, मध्यपान सेवन नगर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउरा बाल्ने, हिटर, ग्या“स गिजर प्रयोग गर्नु हँुदैन। संक्रमण घटे पनि जोखिम नघटेकाले तथा खोपको हल्लाले मात्र कोरोना रोक्न नसक्ने भएकाले जीवनशैलीबारे जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र गराउन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.