चौतारीको २८ औँ स्थापना दिवसमा विविध कार्यक्रम : पूर्वअध्यक्ष अभिनन्दित, शर्मालाई लेखनवृत्ति प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

२२ माघ, मेचीनगर : प्रेस चौतारी नेपाल झापा शाखाले संगठनका पूर्व अध्यक्ष गणेशप्रसाद पोख्रेललाई अभिनन्दन र राससकर्मी सन्तोष शर्मालाई लेखनवृत्ति पुरस्कार प्रदान गरेको छ । झापा शाखाले एक कार्यकालमा एक जना पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै आएको छ । पोखरेल झापाको तेस्रो अध्यक्ष हुन् ।
संगठनको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभाको अवसर पारेर विहीबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष समेत रहेका संगठनका पूर्वअध्यक्ष पोख्रेललाई नगद २५ हजार रुपैयाँसहित अभिनन्दन पत्र र राससकर्मी शर्मालाई संगठनका संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित नगद पाँच हजार रूपैयाँसहित सम्मान पत्रको लेखनवृत्ति पुरस्कार प्रदान गरिएको हो । चौतारी झापाले ६–६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद पाँच हजार रुपैयाँसहित लेखनवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विघठित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहितका संगठनका केन्द्रीय तथा प्रदेश र जिल्लातहका प्रमुख प्रतिनिधिहरुले पत्रकार पोखरेललाई अभिनन्दन गदैं पत्रकार शर्मालाई पुरस्कार प्रदान गरेका थिए । अभिनन्दित पूर्वअध्यक्ष पोख्रेलको अभिनन्दन पत्र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सावित्रा दाहाल र सम्मानित तथा पुरस्कृत शर्माको सम्मान पत्र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले वाचन गरेका थिए ।
प्रेस चौतारी नेपाल, झापा शाखा अध्यक्ष प्रदिप परियारले कार्यक्रमको अध्यक्ष गदैं आफ्नो कार्यकालमा भए गरेका कामको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष परियारले पत्रकारिता तालिम, अन्तरसंवाद, अग्रजलाई सुनौं कार्यक्रम, सम्पादकसँग चौतारी, पत्रकारितामा एआईको प्रयोग लगायत दुई दर्जन कार्यक्रम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका हुन् ।

गतवर्षको माघ ११ गतेबाट प्रदिपले झापा शाखाको नेतृत्व सम्हालेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि निवर्तमान सभामुख घिमिरेले गलत सूचनाले मुलुकलाई ध्वस्त बनाउने बताए ।
घिमिरेले मुलुकलाई गलत सूचनाको शिकार बनाउनु नहुने भन्दैं पत्रकारले सहि सूचना दिएर मुलुकलाई ठिक बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए । गलत सूचनाले गलत बाटोमा लैजाने भन्दै देशलाई ठिक ट्रयाकमा ल्याउन प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सत्य सूचना प्रवाहमा ध्यान दिन उनले सूझाव दिए । प्रेस चौतारीले सहि सूचना प्रवाह गरेर गलत सूचनाहरुलाई प्रतिवाद गर्नुपर्ने दायित्व रहेको घिमिरेको भनाई छ ।


मुलुक बचाउनेहरुको पक्षमा कलम चलाउन सूझाव दिदैं प्रमुख अतिथि घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको स्पष्ट पारे । उनले देश अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरे । घिमिरेले गत भदौ २३ र २४ गते भएको राजनीतिक विध्वंशपछि यो निर्वाचन घोषणा गरिएको स्मरण गराउँदै वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिए । संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारकर्मीहरूको भूमिका अहम् हुने चर्चा गर्दै घिमिरेले पत्रकारहरूलाई जिम्मेवार भएर कलम चलाउन आग्रह गरेका छन् । संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको अवस्थामा सत्य र तथ्यका आधारमा कलम चलाएर मुलुकलाई सही दिशा दिनु पत्रकारहरूको दायित्व भएको उनको तर्क थियो ।

संगठनका कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्वअध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनाली र पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.