एकैपटक तीन महिनाको औषधी पाएपछि विमित हर्षित,अस्पतालमा पनि घट्यो चाप

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर।नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नियमित औषधी प्रयोग गर्दै आएका बिरामीलाई तीन महिनाको औषधि एकैपटक दिन थालेपछि अस्पतालमा चाप घट्दै गएको छ।

नियमित औषधी लिन आएकी भद्रपुर ७ की शोभा पौडेलले डाक्टरले लेखिदिएको पूर्जाअनुसार ३ महिनाको औषधी एकै पटक पाउँदा हर्षित भएकी छिन् ।औषधी देखाउँदै अब तीन महिनाको लागि ढुक्क भएको बताइन् ।

मेची प्रादेशिक अस्पतालको फार्मेसीमा काम गर्दै आएका कर्मचारीहरुले एक महिनाको सट्टा तीन महिनाको लागि एकै पटक औषधी वितरण गर्दा अस्पतालमा नियमित औषधी लिनेको चाप घट्दै आएको बताए।
भद्रपुर -४ की अगनबत्ती राजवंशीले आफूले ४ हजारको औषधीमा ४ सय रकम दिनुपरेको बताउँदै विमा लाग्ने गरेको १० प्रतिशत रकम काट्नुपर्ने बताइन् ।
सरकारले २०७९ साल माघ १ गतेदेखि स्वाथ्य वीमाका बिमितहरुलाई सहभुक्तानी अन्तर्गत १० प्रतिशत शुल्क लिदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.