जाडोबाट बच्न के गर्ने,यस्ता छन् न्यायो लुगा लगाउने उपायहरु

A notice in Nepali from Mechinagar Ward No. 10

जाडो मौसम सुरू भइसकेको छ। शरिरलाई न्यानो पार्न प्रायः मानिस बाक्लो लुगा लगाउने गर्छन्। तर बाक्लो लुगाले मात्रै शरिर न्यानो बनाउँछ भन्ने होइन। कस्तो कपडाको लुगा कसरी लगाइन्छ भन्नेले पनि फरक पार्छ। क्यानेडियन पत्रिका द ग्लोब एन्ड मेलले यसै सन्दर्भमा एउटा लेख तयार पारेको छ। त्यसमा चिसोबाट बच्न कसरी लुगा लगाउने भन्ने तरिका यसरी उल्लेख गरेको छ।

१. कपडा लगाउँदा थ्री-लेअर बनाउनेः

शरिरलाई न्यानो बनाउन तीन तह (लेअर)को कपडा लगाउनुहोस्। सबैभन्दा सुरूमा तपाईंको शरिरबाट पसिना सोस्न सक्ने गुणस्तरीय लुगा लगाउने गर्नुहोस्। त्यसपछि फ्लिस वा फर (भुवा) भएको स्वेटर अथवा ज्याकेट लगाउनुहोस्। बजारमा ऊन, डाउन (हाँसको प्वाख) र पोलिस्टर फ्लिस भएको स्वेटर/ ज्याकेट पाइन्छ। जसले धेरै मात्रामा इन्सुलेसन प्रदान गर्छ। इन्सुलिन धेरै प्रदान गर्ने कपडा भन्नुको अर्थ यी कपडाले शरीरको न्यानोपन बाहिर जान दिँदैन। कपडाहरू लगाउँदा हामीलाई न्यानो महशुस हुन्छ।

यसरी स्वेटर वा ज्याकेट लगाइसकेपछि अन्तिममा वाटरप्रुफ (पानी नछिर्ने) अथवा विन्डप्रुफ (हावा नछिर्ने) ज्याकेट लगाउन सक्नुहुन्छ। फेसनप्रति बढी चासो राख्नुहुन्छ भने विभिन्न डिजाइनको ब्लेजर (लामो कोट) लगाउन सक्नुहुन्छ।

२. राम्रो कपडाको लुगा रोज्नुहोस्ः

जाडो मौसममा कटनको कुनै पनि प्रकारको लुगा नलगाउनुस्। कटनको कपडाले पसिना सोस्छ। पसिनाले भिजेको लुगा सुक्न समय लाग्छ र त्यस बेलासम्म चिसो हुन्छ।

त्यसैले जाडोको लुगा छनौट गर्दा सकेसम्म ऊन, डाउन, फ्लिस र रेशमको कपडा रोज्नुहोस्।

३. लुगाको सिलाई र फिटिङमा ध्यान दिनुहोस‍्ः

कुनै पनि लुगा खरिद गर्नु अघि त्यसको सिलाई कस्तो छ भन्ने विचार गरेर मात्रै खरिद गर्नुहोस्। कपडाको मोटाइ अनुसारको सिलाई पुगेको छ वा छैन भन्ने ध्यान दिनुहोस्।

त्यस्तै तपाईंलाई उक्त कपडा लगाउँदा ठिक्क हुन्छ वा हुँदैन भन्ने पनि विचार गर्नुहोस्। माथि भनेजस्तो थ्री-लेअरको पहिलो लेअरको लुगा लगाउँदा तपाईंको शरिरलाई टपक्क हुनुपर्छ। यसो नभए कपडाले शरिरको पसिना सोस्दैन। शरिरमा कसिने लुगा लगाउँदा पनि शरिरको रक्त संचालनमा समस्या पुर्‍याउन सक्छ।

४. टाउको (र अनुहार) ढाक्ने गर्नुहोस्ः

जाडोमा आफूलाई न्यानो राख्न टाउको ढाक्नु उत्तिकै जरुरी हुन्छ। तपाईंले टाउको टोपी वा कुनै कपडाले टाउको ढाक्न सक्नुहुन्छ। यसो हुँदा शरिरमा चिसो पस्दैन। जाडो मौसममा कान राम्रोसँग छोप्ने टोपी लगाउने बानी बसाल्नुहोस्। त्यस्तै घाँटी न्यानो बनाउन अचेल बजारमा नेक वार्मर पाइन्छ। नेक वार्मर पनि प्रयोग गर्न सक्नुहुन्छ।

५. गुणस्तरीय जुत्ता रोज्नुहोस्ः

पुरै शरिर न्यानो हुन हाम्रो खुट्टा पनि न्यानो हुन उत्तिकै आवश्यक हुन्छ। त्यसैले जाडोमा न्यानो हुने मोजा र जुत्ता लगाउनु पर्छ।

जुत्ता रोज्दा त्यसको कपडाको गुणस्तर, लेसहरू, सिलाईहरूलाई ध्यान दिनुपर्छ। परिवेश अनुसारको जुत्ता लगाउनु उपयुक्त हुन्छ। जुत्ता खरिद गर्दा आफूलाई ठिक्क हुने खालको खरिद गर्नुहोला।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.