आजको राशीफल(२०८० मङ्सिर २५ गते,सोमबार)

A notice in Nepali from Mechinagar Ward No. 10

 

 

 

 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):-नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):- प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।आर्थिक अभावले भने अलि सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):-आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला आएको छ। नयाँ काममा हात हाल्ने समय छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.