आजको राशिफल (मिति २०८१ असोज १ गते मंगलबार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयाँपैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइमा सफलता पाउने आफन्त हरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाईंको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रशंसा गर्न थालने छन्, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरैकाम बन्नेछन् धनपनी मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाईंको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तसंग भेटघाट होला । अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, व्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।


तपाईंको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.