मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्।विभिन्न सहयोग र उपहार पाइनेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल
पर्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।आकस्मिक खर्च समेत बढ्ने योग छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । स्वादिष्ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्। पठन–पाठनमा त्यति समय दिन नसकिएला।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ।




















