‘विश्‍वकै सय प्रभावशाली व्यक्ति’को सूचीमा अभिनेता आयुष्मान खुराना

काठमाडौँ — बलिउड अभिनेता आयुष्मान खुराना विश्वप्रसिद्ध टाइम म्यागजिनले निकालेको विश्वकै एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा अभिनेता आयुष्मान पनि परेका हुन् ।

आयुष्मानले टाइमको सूचीमा पर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताएका छन् । ‘बिक्की डोनर’ बाट डेब्यू गरेका आयुष्मानले ‘अन्धाधुन’, ‘आर्टिकल १५’, ‘शुभ मंगल ज्यादा सावधान’ लगायत चलचित्रमा सशक्त अभिनय गरेका छन् । अभिनेता आय्ुष्मानको प्रशंसामा अभिनेत्री दीपिका पादुकोणले म्यागजिनमा लेखेकी छिन्, ‘डेब्यु चलचित्र बिक्की डोनरबाटै आयुष्मानले बनाएको अलग पहिचानका रुपमा म उनलाई सम्झन्छु । त्यसअघि पनि उनी मनोरञ्जन क्षेत्रमा विभिन्न तरिकाले सक्रिय भए पनि बिर्सन नसकिने फिल्म र पात्रबाट उनले समाजमा एक किसिमको प्रभाव पारेका छन् ।’

त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।

त्यस्तै कोरोना महामारीपछि विश्वभर चिनिएका अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीलाई टाइमले कोरोना नियन्त्रणका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै एक सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको छ । नेतृत्व विधातर्फबाट अमेरिकी सिनेटर कमला ह्यारिस, ताइवानकी राष्ट्रपति साई इङ वेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेमोक्रेटिक नेता जो बाइडेन, जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्ति रहेका छन् ।

त्यस्तै भर्खर यूएस ओपन जितेकी टेनिस स्टार नाओमी ओसाका, अमेरिकी एथ्लिट एलिसन फेलिक्स, इजिप्टकी पत्रकार लिना अताल्लाहलगायत व्यक्ति पनि टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमापरेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.