Thursday, May 6, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियफ्रान्स घरेलु हिंसाका पीडतलाई उद्धार गर्न गएका तीन प्रहरीको हत्या

फ्रान्स घरेलु हिंसाका पीडतलाई उद्धार गर्न गएका तीन प्रहरीको हत्या

फ्रान्समा बन्दुकधारीले गोली प्रहार गरेर तीन प्रहरी अधिकारीको हत्या गरेका छन् भने एकजना घाइते भएका छन् । केन्द्रीय फ्रान्सको पुुय डि डोमीमा घरेलुु हिंसा भएको जानकारी पाएपछि प्रहरीहरु कारबाहीका लागि गएका थिए, त्यहाँ एक ४८ वर्षे पूरुषले उनीहरुको हत्या गरे ।

पीडित भनिएकी महिलालाई भने प्रहरीले कुशलतापूर्वक उद्धार गरेको छ, भागेर घरको छतमा पुुग्दै उद्धारका लागि ती महिला चिच्याएपछि प्रहरी घटनास्थलमा पुुगेको थियो ।
‘यो घरेलु हिंसासँग सम्बन्धित घटनामा प्रहरीले चलाएको अपरेशन हो । यसपछि विभिन्न घटनाक्रमहरु अघि बढेका छन्,’ रोयटर्ससँगको कुराकानीमा स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट जस्ट फ्रान्कोइसका मेयर लि फिगारोका अनुसार मुुडभेडका क्रममा घर जलेको छ ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डर्मानिनले घटनामा प्रहरी अधिकारीहरु २१ वर्षका अर्नो माभेल, ४५ वर्षका साइरिल्ल मोरेल र ३७ वर्षका रेमी डुुपुुइजको मृत्युु भएको पुष्टि गरेका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु