दुई देशबीच तनाव चर्किरहेको बेला चीन पुगे अमेरिकी विदेशमन्त्री ब्लिनकेन

A notice in Nepali from Mechinagar Ward No. 10

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन दुई दिने भ्रमणका लागि चीन पुगेका छन्।

दुई देशबीचन तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगेका हुन्। उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकलगायत रहेको बताइएको छ।

भेटमा अमेरिका-चीन सम्बन्धका बारेमा छलफल हुने जनाइएकोव छ। उनको वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेटको कार्यक्रम पनि तय भएको छ।

ब्लिनकेन अमेरिकी विदेशमन्त्री नियुक्त भएको ५ वर्षपछि पहिलोपटक चीन भ्रमणमा गएका हुन्। यसअघि उनी गत फ्रेब्रुअरीमा चीन भ्रमणमा जाने तयारीमा थिए।

तर फ्रेब्रुअरी पहिलो साता अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि उनको उक्त भ्रमण रद्द भएको थियो।

ट्रम्प प्रशासनका बेला दुई देशबीच व्यापार युद्ध चुलिएको थियो। अमेरिकी आकाशमा उक्त बेलुन देखिएपछि दुई देशको सम्बन्ध थप चिसिएको थियो।

बेलुन काण्डमा अमेरिकाले चीनले जासुसीका लागि बेलुन छाडेको शंका गरेको थियो भने चीनले भने उक्त बेलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.