इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ । रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु भएको छ। रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई यसबारे जानकारी गराएको हो।

यसबारे दूतावासले गत मंसिर ८ गते नै कन्सुलर विभागलाई जानकारी गराएको हो।

दूतावासका अनुसार रुसी सेनाामा कार्यरत रही ज्यान गुमाउने नेपालीमा स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन्।

उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले जानकारी गराएको हो। दूतावासले गराएको जानकारीअनुसार रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलियाको भने गत असार २९ गते नै निधन भएको छ। उनीसहित पछिल्लो समयमा रुसी सेनामा रहेका ४ जना नेपालीको ज्यान गुमेको हो।

रुसी सेनाले सबैको डेथ सर्टिफिकेट पनि दूतावासमा पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.