साईकलयात्रामा स—शस्त्र प्रहरी नायव उपरीक्षक उप्रेती ःसीमाक्षेत्रको अवस्था बुझ्न समेत यात्रा कोशेढुङ्गा सावित हुने विश्वास

२५ कात्तिक, मेचीनगर : सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकहरुको सम्बन्धलगायतका विषयमा अध्ययन अवलोकन लागि स—शस्त्र प्रहरी नायव उपरीक्षक युकेश उप्रेतीले मेची महाकाली साईकल यात्रा शुरु गरेका छन् । सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको यात्राले सघाउ पुग्ने समेत बताईएको छ । सीमाक्षेत्रको अवस्था बुझ्न समेत यात्रा तय गरिएको हो ।

भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपालको सूदुर पूर्वको झापाको मेचीबाट सोमबारदेखि शुरु उनको यात्रा चालिसदिन पछि छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पश्चिमी सीमानाका कञ्चनपुरको गड्डाचौकीमा पुगेर विश्राम हुने साइकल यात्री स —शस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीले बताए ।

सीमाक्षेत्रमा रहेका स—शस्त्र प्रहरी नेपालका वोर्डर आउट पोष्ट [वीओपी), त्यहाँ कार्यरत प्रहरीहरुको दैनिकी, अवस्था, स्वदेशी एवम् विदेशी नागरिकहरुसँगको सम्बन्ध, दुईदेशका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, साँस्कृतिक, शैक्षिक तथा औद्योगिक सबै क्षेत्रको अवस्थालगायतका विषयमा उनले भ्रमणका क्रममा जानकारी लिने छन् । सुदूरपूर्वको मेचीदेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म दुईसय १९ वटा वोर्डर आउट पोष्ट [वीओपी) रहेका छन् ।

स—शस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत स—शस्त्र प्रहरी नायव उपरीक्षक उप्रेती सीमा सुशासनका विषयमा विद्यावारिधीको तयारीमा छन् । यसैलाई मद्धत पुग्ने भएकाले पनि उनले यो यात्रा शुरु गरेका हुन् । उनको यात्रा पूर्व पश्चिम लोकार्ग नभएर भारतलगायत अन्य देशसँग सीमा जोडिएका दशगजा नाका भएर हुने छ । स—शस्त्र प्रहरी बल नेपाल, प्रहरी प्रधान कार्यालयको अनुमतीबाट प्रारम्भ यात्राका क्रममा सीमाक्षेत्रमा रहेका स—शस्त्र प्रहरी बल नेपालको वोर्डर आउट पोष्ट [वीओपी), सीमा सुरक्षा गुल्मलगायतका प्रहरी यूनिटमा पुगी विविध विषयमा छलफल समेत गर्ने योजना छ ।

झापाको मेचीबाट शुरु उनको स्थलगत अध्ययन तथा साइकल यात्राको प्रमुख अतिथि मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले उद्घाटन गरेका थिए ।सीमा सुशासनका विषयमा विद्यावारिधी गर्दैगर्दा स—शस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीले गरेको यो कार्य महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गर्दै उपलब्धिमुलक हुने बताउँदैं यात्रा सफलताको शुभकामना व्यक्त गरे । २०६८ सालमा स—शस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका दुई छोरीका पिता उप्रेती तीन महिना अघिमात्र स—शस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा भएका हुन् । मावली घर झापाको मेचीनगर भएका उनी भक्तपुरको दुवाकोटमा स्थायीरुपमा बस्दैं आएका छन् ।

यो यात्रा र यात्राका क्रममा हुने अध्ययनले सीमाक्षेत्रमा विभिन्न निकायसँग कसरी समन्वय गरिर्दैछ , गर्न सकिन्छ भन्ने विषयमा विद्यावारिधीमा सघाउ पुग्ने प्रमुख भन्सार अधिकृत पौडेलले विश्वास व्यक्त गरे । यात्राले दुवै देशबीच खुला सीमाका कारण सिर्जना भएका समस्याहरु अन्यका लागि कोशेढुङ्गा सावित हुने बताए । यसले दुवै देशका सुरक्षा अधिकारी स्थानीय वासिन्दाबीचको सम्बन्ध समेत समधुर बनाउने बताइएको छ ।

सीमाक्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरूपमा कहिलेकाँहि सुरक्षा गस्तीगर्ने र सीमाक्षेत्रमा आपराधिक गतिविधि रोकिने, सीमाक्षेत्रको सुरक्षा हुने र दुवैप्रति सौहर्दता समेत हुने गरेको छ । दुई देशबीच राम्रो सम्बन्ध राख्नका लागि दुवै देश उत्तिकै जिम्मेवारी बन्नुपर्ने पनि छ ।

यात्रा प्रारम्भ कार्यक्रममा प्रमुख अतिथि प्रमुख भन्सार अधिकृत पौडेलसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा, स —शस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गुल्मपति स —शस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र थापा, मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, भारतीय सुरक्षा अधिकारी र स्थानीयवासीको उल्लेखिय सहभागिता रहेको थियो । सहभागी सवैले साईकल यात्री उप्रेतीलाई अविर टीका माला र खादा पहिर्याएर यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन स—शस्त्र प्रहरी नेपालका वोर्डर आउट पोष्ट ‐वीओपी) नकलबन्दाका प्रमुख स —शस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेले गरेका थिए ।

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

‘जति तारा भए पनि एउटै सूर्य काफी ’ पूर्व मन्त्री अर्याल

२९ कात्तिक, मेचीनगर :  नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.