आसन्न निर्वाचनमा अध्यक्षका बलियाँ उम्मेद्वार : सवैका लोकप्रिय र साझा किशोर [कपिल] क्षेत्री

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
किशोर [कपिल] क्षेत्री हरेक क्षेत्रमा उत्तिकै लोकप्रिय र साझा नाम हो । झापा मेचीनगर-१० धुलावारीका रैथाने क्षेत्रीको शारीरिक वनावटका कारणले मात्र होईन उनले हरेक क्षेत्रमा पुरयाएको योगदानका साथै आजसम्म उनले गरेको कर्मका कारण उनी सवैक्षेत्रको साझा र सवैमाझ लोकप्रिय बन्न पुगेका हुन् । सामाजिक क्षेत्रमा होस वा, व्यपार र उद्योगका क्षेत्रमा, खेलकुदका क्षेत्रमा होस या स्वास्थ्य शिक्षा, वातावरणलगायत हरेक क्षेत्रमा उनको उपस्थिति उत्तिकै र निक्कै बाक्लो छ । उनी मेचीनगरका मात्र नभएर सवैक्षेत्रमा प्रतिष्ठित व्यवसायी र सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित छन् । सकरात्मक सोचका धनी सफल व्यवसायी र सामाजिक क्षेत्रका नक्षत्र उनको जीवनको हरेक क्षण हासो, खुशी र सफलताले भरिएको छ ।
मसिनो स्वरमा बोल्ने, परीश्रमि मिहेनती, ठूला तथा साना सवै वर्गसम्म उत्तिकै आदर सम्मान व्यक्त गर्ने, आफु र आफ्नाको लागि मात्र नभएर समाज, नगरहुँदैं देश समृद्ध बन्नुपर्छ भन्ने र समृद्ध नेपाल सुःखी नेपाली बन्नका लागि हरेक नागरिकले आ-आफ्नो क्षेत्रबाट उत्तिकै भूमिका निर्वाह र्गुपर्छ भन्ने संकल्पका साथ अघि बढिरहेका किशोर ‐कपिल) क्षेत्री यसैका कारण पनि सवै क्षेत्रका मानिसप्रति लोकप्रिय चर्चित र हरेक समुदाय माझ साझा बन्न सफल भएको उनलाई नजीकबाट चिन्नेहरुको भनाई छ । उनीबाट सवैले सिक्नुपर्ने कुरा धेरै रहेको, आफ्ना असल र सफल अभ्यासहरु अरुसँग आदान प्रदान गर्न क्षेत्री इच्छुक रहेको उनीहरु बताउँछन् । गाउँ घरका हरेक सुख दुःखमा सधै अग्रसर भएर निःस्वार्थ रुपमा साथ सहयोग गर्नु क्षेत्रीको पहिलो कर्तव्य हो ।
उनै क्षेत्रीले आगामी बैशाख २६ गते हुन गईरहेको झापा मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारमा प्रस्तुत हुने घोषणा गरेका छन् । उनी संघको २०५४ सालको पहिलो निर्वाचित सचिव समेत हुन् । त्यसपछि उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्षहुँदैं अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा छन् । यो अवधिसम्म निक्कै लामो अनुभव बटुलीसकेका छन् । किशोर ‐कपिल) क्षेत्रीको प्रत्यक्ष उम्मेद्वारीभन्दा पनि उनलाई संघमा ‘किङ मेकर’ र प्रभावशाली पदाधिकारीकोरूपमा चिनिन्छ । उनी वर्तमान नेतृत्वका अध्यक्ष खेमराज प्रसाईको उम्मेद्वारीको समयमा समेत शक्तिशाली अध्यक्षका उम्मेद्वारको रूपमा उपस्थित थिए । निर्वाचनका बखत उनको भूमिका महत्वपूर्ण हुन्छ । उद्योगी व्यवसायीहरुका समस्यालाई साझा मानेर अघि बढ्नुपर्छ भन्ने सोचका धनी क्षेत्री संघको निर्वाचनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यता राख्दैनन् । ‘उद्योगी व्यवसायीहरुको छाता संघ संगठनमा विशुद्ध त्यही छविका व्यक्तिले नेतृत्व गर्नुपर्छ,’ कपिलले भने, किन भने त्यसक्षेत्रका सारागारा र हरेक समस्यासँग उ जुधेको हुन्छ, र समाधानका उपाय पनि खोज्न सक्छ । जो मानिस जुन क्षेत्रसँग जोडिएको हुन्छ त्यसले त्यसक्षेत्रमा निक्कै अनुभव बटुलेको र त्यसमा उस्ले दख्खल राख्छ । ’ यसकारण पनि उनको यो उम्मेद्वारी घोषणालाई मेचीनगरका हरेक क्षेत्रका उद्योगी व्यवसायीहरुले साझारुपमा लिदैं संघको मुख्यः नेतृत्व अध्यक्ष क्षेत्रीले नै लिनुपर्छ भन्ने सोचका साथ लागि परेका छन् ।
संघको नयाँ नेतृत्व चयनका हुने निर्वाचनमा क्षेत्रीको अध्यक्ष पदमा रहेको सशक्त दाबेदारीले यहाँको सवैक्षेत्र खुशी छ । उद्योगी व्यवसायीलगायत संघको श्रीवृद्धिमा उनले खेलेको भूमिका र पुर्याएको योगदान सवैका सामु अहिले पनि घाम झै छर्लङ्ग छ ।
२०३२ साल जेठ ५ गते जन्मिएका क्षेत्री २० वर्षको उमेरमै व्यवसायी बने । हालसम्म आफ्नो पेशाबाट विस्थापित नभई निरन्तर उद्योगी व्यवसायीकै रुपमा उनले आफ्नो छवि बनाएर उद्योगी व्यवसायीको परिचयबाट समाजमा स्थापित छन् । २०५२ सालमा गार्मेन्ट र जुत्ता- चप्पलको व्यपारबाट उनले यस क्षेत्रमा हात हाले । अहिलेसम्म उनले यस्तै व्यवसायलाई निरन्तरता दिईरहेका छन् । थुप्रै उद्योगी व्यवसायीहरु विभिन्न कारणले हण्डर र ठक्कर खाएर यसक्षेत्रबाट पलायन भईरहेका बखत क्षेत्री आफ्नो व्यवसायबाट अलिकति पनि विचलित नभई स्थानीय स्तरमा निरन्तर यहि पेशामा उभिन सफल भएका छन् । क्षेत्री एकजना दक्ष र अनुभवी जनशक्ति समेत हुन् । गार्मेन्ट, प्लाई, जुत्ता चप्पललगायतका क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् ।
२०५७ सालमा धुलावारीमा ए.के. गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएर अझै पनि मेचीनगरमा विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण र लगानी मैत्री छ भन्ने सन्देशमात्र दिएनन्, उनले यसक्षेत्रको रहेको वेरोजगारी समस्या केही हदसम्म हल गर्दै थुप्रैलाई रोजगारी समेत प्रदान गरे । २०७९ सालमा ‘नेपाली उत्पादन, नेपाली शान’ भन्ने श्लोग्नसहित झापा मेचीनगर-१५ मा माँ कामाख्या इण्डष्टिज प्रालि [प्लाई उद्योग] सञ्चालनमा ल्याएका छन् ।

उद्योग सञ्चालनको लागि साढे छ विगाह जग्गा कम्पनिको नाममा खरिद गरीएको छ । केही गरौं र स्वदेशमा रोजगारीको सिर्जना गरौं भन्ने उद्धेश्यले उद्योग सञ्चालन गरिएको इण्डष्टिजका सञ्चालक क्षेत्रीले जानकारी दिए । उक्त उद्योगमा करिब सात सय जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् । ‘स्थानीयस्तरमै रोजगारी पाएपछि त्यस क्षेत्रका बासिन्दा समेत उत्साहित छन् ।’
जिल्लाकै ठूलो र धेरै जनालाई रोजगारी उपलब्ध गराउने उद्योगकोरूपमा विकास गर्ने योजनामा उनी छन् । रहेको बताइएको छ । जिल्लामा यस किसिमका उद्योग कलकारखाना सञ्चालन गर्नसकेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेशिनुपर्ने अवस्थामा न्यूनीकरण आउन सक्ने उनको दाबी छ । उनी भन्छन् -‘अहिले पनि मेचीनगरमा पर्यटन, कृषि, शिक्षा, होटल व्यवसायमा लगानी गर्न सक्ने प्रश्स्त सम्भावना छन् ।’ मेचीनगरमा धार्मिक पर्यटकीय स्थलहरु प्रश्स्त छन् त्यसको विकास र प्रवद्र्धन गर्न सके विभिन्न देशबाट धार्मिक पर्यटक भित्रियाउन सक्छौ, नगरमा पाँचतारे होटल तीन वटा छन, एउटा थपिने क्रममा छ, शोल्टी होटल आउने तयारीमा छ यसकारण नगरको सौन्दर्यकरण गरेर यसका लागि आवश्यक पूर्वाधार पुरा गर्नुपर्ने क्षेत्रीको भनाई छ । बाहुनडाँगीमा रातैपिच्छे आउने जंगली हात्तीलाई समस्याका रुपम नलिएर स्थानीयवासीको जीउधनको सुरक्षाको ग्यारेन्टी गर्दै पर्यटनको विकास गर्न सकिने उनको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघ [एफएनसीसीआई] मा राजस्व विभागमा बसेर काम गरेको अनुभव समेत उनीसँग छ । उनीसँग योजना छ, भिजन, दुरदृष्टि, ध्येय पनि छ , यसकारण उनलाई केही न केही गरौ भन्ने हुटहुटि लागिरहन्छ । उनी सफ्टवयर इञ्जिनियरका रुपमा समेत स्थापित छन् ।रोटरी क्लब अफ मेचीनगरको संस्थापक अध्यक्षका रुपमा रहेर उनले गरेको समाजसेवा अहिले पनि कसैले भुल्न सकेको छैन् । संघको पदाधिकारी र रोटरीको अध्यक्षको हैसियतमा कोभडिका बखत नगरवासी घरभित्र थुनिएर बस्नु परेको बाँध्यतामा उनी निक्कै चूनौती मोलेर कहिले औषधि त कहिले खाद्य सामाग्री लिएर घर घर पुगे । यो कदम निक्कै सहरानीय थियो उनको
उनका हरेक क्रियाकलाले मानिसलाई केही न केही गरौं भन्ने प्रेरणा मिल्छ । यसकारण पनि अब संघको नेतृत्व अध्यक्षको जिम्मेवारी क्षेत्रीले नै लिनुपर्छ र नेतृत्व चयन सर्वसम्मत हुनुपर्छ भन्ने उद्योगी व्यवसायीहरुको संख्या निक्कै ठूलो छ । अहिले पनि उद्योगी व्यवसायीहरुका समस्या निक्कै छन् , स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी समस्याका दीर्घकालिन समाधानका उपाय खोज्नका लागि पनि आफ्नो सशसक्त उम्मेद्वारी रहेको उनले बताए ।
हामी धेरै कुरामा परनिर्भर भएकोमा दुःख व्यक्त गदैं उनले भने, ‘अब व्यपारभन्दा पनि उत्पादनका क्षेत्रमा लाग्नुपर्छ र परनिर्भर अन्त्य गदैं हामी नेपाली आत्मनिर्भर बन्नेतर्फ अघि बढ्नुपर्छ ।’ निर्यातमा नेपाल कमजोर भएकाले उत्पादनको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि आन्तरिक तथा बाह्यरुपमा थुप्रै काम गर्न बाकी छ ।

निर्यातको दैनिक व्यपार खस्किँदो छ, अबको नेतृत्वले तीनै तहको सरकारसँग छलफल गरेर व्यवसायीलाई टिकाउँने स्थायी योजना र दर्घिकालिन उपाय खोज्नुपर्छ, व्यवसायीलाई हरेक कुराको ग्यारेन्टी गरेर लगानीको वातावरण बनाउनुपर्छ, मेचीनगरलाई औंद्योगिक क्षेत्र घोषणा गर्नुपर्छ, हल वडा नम्बर १४ र १५ मा मात्र उद्योगहरु छन् स्थानीय सरकार मेचीनगर नगरपािलकासँग समन्वय गरेर नगरलाई औद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने उनको जोड छ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष -उद्योग, बाणिज्य र महिलासमेत), एकजना महासचिव र १० जना सदस्य गरी जम्मा १६ जनाको कार्यसमिति रहने छ ।
उनले अबको नेतृत्वले नेपाली बजारलाई सशक्त बनाउन र नयाँ सरकारलाई व्यवसायीका समस्या समाधानमा जोडदार रूपमा प्रस्तुत गर्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.