Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रिययता नेपालमा शिवरात्री, उता मेक्सिकोमा गाँजाका विषयमा ऐतिहासिक निर्णय !

यता नेपालमा शिवरात्री, उता मेक्सिकोमा गाँजाका विषयमा ऐतिहासिक निर्णय !

काठमाडौं। नेपाल, भारतसहित हिन्दू बाहुल्यता भएका क्षेत्रमा शिवरात्री मनाइँदै गर्दा उता उत्तरु अमेरिकी देश मेक्सिकोमा गाँजाका विषयमा ऐतिहासिक निर्णय भएको छ । गाँजालाई भगवान शिवसँग जोडेर हेरिने भएकोले नेपालमा शिवरात्रीका दिन गाँजाको प्रयोग धेरै हुन्छ । नेपालमा गाँजाको प्रयोग भइरहेको दिनमै मेक्सिकोको संसदले गाँजालाई कानुनी रुपमा वैधानिकता दिने गरी एक विधेयक पारित गरेको छ ।

यससँगै अब मेक्सिकोले गाँगालाई कानुनी रुपमा वैधता दिँदै विश्वकै सबैभन्दा ठूलो कानुनी गाँजा बजार सुरु गर्ने निश्चित भएको छ । यो विधेयकलाई हिजो संसदको तल्लो सदनले ३१६–१२९ को बहुमतले पारित गरेको छ । यो विधेयक राष्ट्रपति आन्द्रेस म्यानुअलको समर्थनमा अगाडि बढाइएकोले पारित हुने निश्चित भएको बेलायती अखबार द सनले जनाएको छ । अब यो विधेयक संसदको माथिल्लो सदन सिनेटबाट पारित भएपछि लागू हुनेछ ।

मेक्सिकोमा ठूलो परिमाणका लागूऔषध तस्करी हुन्छ । यहाँ सरकारी सुरक्षाकर्मी र तस्करहरुबीच लागूऔषधका कारण हिंसात्मक झडप हुने गरेको छ । तस्करहरु र सुरक्षाकर्मीबीच हुने यस्ता भिडन्तमा यहाँ अहिलेसम्म ३ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अब यहाँ गाँजालाई वैधानिकता दिइएसँगै अब यस्ता हिंसाका घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाँजालाई वैधानिक गरिएसँगै मेक्सिको अब गाँजाको विश्वकै सबैभन्दा ठूलो वैधानिक बजारमध्ये एक हुनेछ ।

यो विधेयकले कानुनको रुप लिएपछि त्यहाँ कुनै पनि व्यक्तिले २८ ग्रामसम्म गाँजा बोक्न सक्ने तथा निजी प्रयोगका लागि घरमा आठवटा सम्म गाँजाको बोट रोप्न सक्नेछन् । वर्तमान परिस्थितिमा ५ ग्रामभन्दा बढी गाँजा बोक्नुलाई अपराध मानिन्छ । यो विधेयककले गाँजाको खेती, ओसार–प्रसार, अनुसन्धान एवं आयात वा निर्यातका लागि पनि अनुमति पत्र दिनेछ । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा पनि पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपचार र मनोरञ्जनका प्रयोजनका लागि गाँजालाई वैधानिकता प्रदान गरिएको थियो । अन्य केही युरोपेली मुलकमा पनि गाँजालाई पूर्ण वा अर्ध वैधानिकता प्रदान गरिएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु