मेची भन्सारमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली शुभारम्भ भएसँगै राजस्व असुलीमा बृद्धि

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन मेचीनगर :  नेपालको सुदूर पूर्वमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टामा ‐अनलाइन भ्यालुएसन सफ्टवेयर) भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आए लगत्तै राजस्व संकलन समेत सन्तोषजनक पाईएको छ ।
लामो समयदेखि निजी क्षेत्रको विरोध खेप्दै आएको भन्सार मूल्याङ्कनको ‘सन्दर्भ मूल्य सूची’ प्रणालीलाई विस्थापित गर्दै सरकारले ८ पुसबाट ‘मूल्याङ्कन डाटाबेस प्रणाली’ लागु गरेको थियो । सरकारले सुरु गरेको प्रणालीले नेपालको भन्सार प्रशासनमा पारदर्शिता, निष्पक्षता र एकरूपता ल्याई वैध व्यापारलाई सहजीकरण गर्ने तथा राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने, छिटोछरितो, पारदर्शी र कम जोखिमपूर्ण बनाउने अपेक्षासहित प्रणाली लागु गरिए पछि कार्यालयको मासिक राजस्व संकलनसमेत बृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८३-८३ को पुस मसान्तमा कार्यालयले १ सय १ दशमलव ८८ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । पुस महिनामा एक अर्ब ५५ करोड ९६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालयले एक अर्ब ५८ करोड ८९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको हो । गत आर्थिक वर्ष २०८१-८२ को सोहि अवधिको तुलनामा राजस्व संकलनमा १७ दशमलव १२ प्रतिशतले बृद्धि भएको हो । माघ महिनामा एकसय २ दशमलव ३४ प्रतिशत राजस्व संकलन भएको छ । एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार रुपैयाँ लक्ष्य पाएकोमा एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा १० अर्ब ५५ करोड २० लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएको कार्यालयले नौ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ वा ९४ दशमलव शुन्य ४ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको सरकारी अधिकारीहरुको दाबी छ ।

यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटानलगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ ।

कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा असोज बाहेक कुनै महिना पनि लक्ष्यको तुलनामा राजस्व संकलन भएको थिएन् । पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संवत २०१३ सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्यः भन्सार कार्यालयहरु विरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगन्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ ,यो कार्यालय ।
कार्यालयले चालु आवको पहिलो महिना साउनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन् । कार्यालयको लक्ष्य अनुसार एक महिनामा डेढ अर्बभन्दा बढि रूपैयाँ राजस्व संकलन गनुपर्छ । तर पहिलो साउन महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ वा ९० दशमलव ३२ प्रतिशतमात्र राजस्व संकलन भएको थियो । चालु आवको पहिलो साउन महिनामा एक अर्ब ४० करोड ७५ लाख दुई हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो ।

भदौ महिनामा एक अर्ब ४५ करोड ७१ लाख ७९ हजार रुपैयाँ मासीक लक्ष्य पाएको कार्यालयले एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ वा ९३ दशमलव ६४ प्रतिशतमात्र संकलन गरेर लक्ष्य गुमायो । कात्तिकमा एक अर्ब ६३ करोड ९४ लाख ६१ हजार मासीक लक्ष्य थियो । तर, कार्यालयले एक अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयँँ वा ७९ दशमलव ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सकेन् । शुरुदेखि नै ओरालो लागेको राजस्व संकलन अझै पुरानो लयमा फर्किन सकेको छैन । कार्यालयले मंसिर महिनामा समेत लक्षित राजस्व गुमायो । एक अर्ब ५१ करोड ११ लाख ८८ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले एक अर्ब ३६ करोड ७४ हजार रुपैयाँ वा ९० दशमलव शुन्य १ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । राजस्व संकलन हरेक महिना वृद्धि हुँदै जानुपर्ने भए पनि पहिलो महिनामै राजस्वमा धक्का लाग्दै गएको तथा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली शुभारम्भ भएसँगै राजस्वमा बृद्धि भएको भन्सार अधिकारीहरुको भनाई छ ।

राजस्वमा धक्का मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर हो’ एकजना सरकारी अधिकारीले भने । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको उनको भनाई छ । नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने छ । भन्सार मूल्याङङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने, वस्तुको मूल्याङ्कनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेकोछ । यो प्रणाली लागु भएसँगै उद्योगी व्यवसायीहरूलाई सरकारले अझ बढी विश्वास गरेको स्पष्ट सन्देश दिएको छ । अब सवैले बैध र पारदर्शी व्यपार गर्नुपर्ने सहि र बैध व्यपार गर्ने व्यवसायीलाई सरकाले प्रोत्साहन गर्ने यस्ता व्यपारीसँग हातेमालो गर्ने र चोरी पैठारी गर्नेलाई कारवाही गर्ने कार्यालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.