अमेरिका-युक्रेन खनिज सम्झौतामा सहमति, ट्रम्पले जेलेन्स्कीलाई वाशिंगटन किन बोलाए?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : अमेरिका र युक्रेन खनिज उत्खनन तथा व्यापार सम्झौताका शर्तहरूमा सहमत भएका छन्। बेलायती समाचार संस्था बीबीसी ले युक्रेनका एक उच्च अधिकारीलाई उद्धृत गर्दै यो खबर सार्वजनिक गरेको हो।

सम्झौतामा केही महत्वपूर्ण संशोधनहरू समावेश गरिए पनि, त्यसको विस्तृत मस्यौदा सार्वजनिक भइनसकेको ती अधिकारीले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सम्झौतामा हस्ताक्षर गर्न वाशिंगटन डीसी आउन आग्रह गरेका छन्। उनले आगामी शुक्रबार जेलेन्स्कीलाई भेट्नका लागि औपचारिक निमन्त्रणा पठाएको स्रोतले जनाएको छ।

ट्रम्पले सम्झौता पश्चात् युक्रेनलाई आफ्नै सुरक्षा सुनिश्चित गर्ने थप अधिकार प्राप्त हुने प्रतिक्रिया दिएका छन्।

यसैबीच, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकता अझै जारी रहेको र त्यसबाट आफूहरू जोगिन नसक्ने धारणा सार्वजनिक गरेका छन्।

यो सम्झौताले युक्रेनको खनिज सम्पत्तिको भविष्य कसरी निर्धारण गर्छ, द्वन्द्वमा यसको भूमिका कस्तो रहन्छ, यसबारे अझै थप जानकारी आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.