चीनको सिछुवानमा भूकम्पमा परी करिब ४८ जनाको मृत्यु

भूकम्पका कारण छङ्तु शहर बढी प्रभावित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : चीनको दक्षिण पश्चिम सिछुवान प्रान्तमा साेमबार दिउँसो गएको शक्तिशाली भूकम्पबाट करिब ४८ जना मानिसकाे मृत्यु भएको छ ।

६ दशमलव ६ रेक्टरस्केल मापन गरिएको भूकम्पबाट सिछुवानको राजधानी छङ्तु शहर सबै भन्दा बढी प्रभावित भएको हाे । गत सातादेखि पूर्ण लकडाउनमा रहेको सोही शहरमा घरहरु भत्किएका छन् । सडकहरुमा पनि धाँजा फाटेको छ । त्यस्तै अर्को ठूलो शहर छोङछिङ पनि भूकम्पबाट प्रभावित बनेको छ ।

कोभिड संक्रमणका कारण मानिसहरुलाई घर बाहिर निस्कन भने दिइएको छैन् । भूकम्पबाट पहाडी क्षेत्रमा ठूलो पहिरो गएको र सडकहरु भासिएको जनाइएको छ । सञ्चार सञ्जाल पनि विथोलिएको छ । भूकम्पको केन्द्र बिन्दु छङ्तुबाट २ सय २६ किलोमिटर पर लुतिङ पहाडी क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तलबाट गएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.