काठमाडौं ,१३ माघ। भारतको सर्वोच्च सम्मान पद्म विभूषण जापानका पूर्वप्रधानमन्त्रीलाई सिन्जो आबेसहित तीन जनालाई दिइने भएको छ । यो सम्मान पाउनेहरुको सूचीमा आबेसँगै भारतका पूर्वकेन्द्रीय मन्त्री रामविलास पासवान र असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइ पनि छन् ।
भारतको केन्द्र सरकारले सोमबार साँझ यसको घोषणा गरेको हो । पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मान हो । यसलाई पद्म विभूषण, पद्मम भूषण र पद्म श्री गरी तीन क्याटेगोरीमा दिइने गरिन्छ ।





















