लागू औषध गाँजा सहित दुई जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर । उदयपुरको बेलका–८ कोठू बाट लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका –८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् ।

आइतबार बेलुका ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसगै उनहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.