चोरीमा संलग्न दुईजना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, भद्रपुर : चाँदीका गरगहना चोरीको कसुरमा झापा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला झापा गाँउपालिका वडा नं. ३ बस्ने १९ वर्षीय निर्मल बराईली र सोहि स्थानका १९ वर्षीय दिपेश रसाईली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१४ साउनमा दिउसो करीव १ बजेतिर झापा जिल्ला झापा गाँउपालिका वडा नम्बर ३ वस्ने वर्ष २० को लरेश मुर्मुको घरबाट विभिन्न किसिमका चाँदीका गरगहना चोरी भएकोमा सुचना प्राप्त गर्ना साथ प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोज तलासलाई तीब्र पारेको थियो ।

सोहि क्रममा निर्मल र दिपेशलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निर्मल बराईलीको घरबाट चोरी गरेको चुरा बाला एकजोर, चाँदीको कल्ली एक जोर, चाँदीको बिच्छी (सिक्री) एक थान, पाउजु एक थान, चाँदीको सिक्री एक थान, चाँदीको औठी–तीन थान फेला परेको छ । दुवैजनालाई सोमबार [आज] झापा जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.